Menu

७० औं विश्व स्वास्थ्य दिवस : ‘स्वास्थ्य सेवा सहकारीमार्फत प्रभावकारी !

बागलुङ, २०७४ चैत २४ । जनतालाई सर्व सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य संस्थाहरुको व्यवस्थापन सहकारीहरु मिलेर गर्नु पर्नेमा बागलुङका सहकारीकर्मीहरुले जोड दिएका छन् । ७० औं विश्व स्वास्थ्य दिवसको अव सर पारेर धौलागिरि सञ्जिवनी स्वा स्थ्य सहकारी सं स्था लिमिटेड बागलुङले आयोजना गरेको सहकारी मार्फत स्वा स्थ्य सेवा विषयक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

सरकारी सेवा आम जनताका बीचमा प्रभावकारी रुपमा पुग्न नसकेको र निजी स्वास्थ्य सेवामा विपन्न वर्गका जनताको पहुँच पुग्न नसकेको भन्दै सहभागीहरुले सहकारी माध्यमलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने बताएका हुन् ।

सहकारीलाई मुलुकको आर्थिक विकासको महत्वपूर्ण खम्बाका रुपमा लिएको चर्चा गर्दै सहभागीहरुले आर्थिकसंगै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा दिएर सक्षम नागरिक बनाउनका लागि पनि स्वास्थ्य संस्थाहरुको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताएका थिए ।

धौलागिरि क्षेत्रमा पहिलो पटक सहकारीमार्फत निलगिरि सहकारी अस्पताल सञ्चालन गरेको धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थासंग समन्वयगरेर सहकारीहरुले स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन समन्वय गर्ने सहभागीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सचिव तेजेन्द्र थापा मगर, सूचना तथा सञ्चार सहकारी संघ बागलुङका उपाध्यक्ष खीमबहादुर कार्की, संघका लेखा समितिका सदस्य लिलादेवी खड्का, बहुउद्देश्यीय सहकारी संघका सह सचिव चुडामणी आचार्य, शंखधर बहुमुखी सहकारी संस्थाका सचिव युक्तजंग राजभण्डारी लगायतले सहकारीह रु मिलेर धौलागिरिमा व्यवस्थित अस्पताल सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विश्व स्वास्थ्य दिवस र निलगिरि अस्पतालले दिने सेवा सुविधाका बारेमा अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द गौतम र स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.लक्ष्मी गौतमले सहजीकरण गरेका थिए ।

कार्यक्रममा स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन आफुहरु निरन्तर रुपमा लागेको भन्दै त्यसका लागि स्थानीय वासिन्दाको सकारात्मक भावना र सहयोग आवश्यक रहेको उनिहरुले बताएका थिए ।

धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव प्रकाश शर्मा र स्वागत सञ्चालक सदस्य सरस्वती खड्का परियारले गरेकी थिईन् ।

सहकारी ऐन २०७४ ले स्वास्थ्य सहकारीमार्फत स्वास्थ्य सेवा सञ्चालनका लागि अन्य प्रकृतिका सहकारीहरुले समेत शेयर खरिद गरेर सेवा सञ्चालन गर्न सकिने प्रावधान राखेर स्वास्थ्यलाई महत्व दिएको संस्थाका सचिव तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक

धौलागिरिका ४ जिल्ला कार्यक्षेत्र राखेर २०७ १ साल अ सोजमा स्थापना भएको संस्थाले बागलुङमा ३ करोडको लागतमा निलगिरि सहकारी अस्पताल र म्याग्दीमा १ करोडको लागतमा म्याग्दी सञ्जिवनी अस्पताल सञ्चालन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *