Menu

बिहानैदेखी अबिरल वर्षा ….जनजीवन प्रभावित !

कुसुम थिङ बागलुङ २०७४ चैत २४ । बागलुङ जिल्लाका विभिन्न भागमा आज विहानै देखी अबिरल वर्षा भैरहेको छ । हिँजो साँझ पख बागलुङ सदरमुकाम लगायत गल्कोट उपत्यकामा भीषण वर्षा भएको थियो भने आज विहानै देखी वर्षात हुनाले जनजीवन प्रभावित बनेको छ ।

ईबागलुङ सहकर्मी झरना कँडेलका अनुसार बुर्तिवाङमा विहानै देखी पानी परिरहेको छ भने हटियाबाट सहकर्मी घनश्याम गौतमले गल्कोट उपत्यकामा हिँजो साँझ निकै ठुलो पानी परेको र अहिले विहान पन वर्षा भैरहेको जानकारी दिए । गौतमका अनुसार गल्कोटमा बिद्युत आपुर्ति बन्द भएको अवस्था छ भने इन्टरनेटले काम गरेको छैन । यसरी नै वर्षा जारी रहेमा आज विहान ११ बजे निलुवामा सुरुहुने भीरमौरीको शिकार महोत्सव प्रभावित हुने संभावना रहेको बताईएको छ ।
जिल्लाको दक्षिणभेग बरेङमा पनि विहानै देखी वर्षा भैरहको सहकर्मी प्रकाश छन्त्यालले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *