आजको तस्वीर : योग शिविरप्रतिको आकर्षण !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत २४ । पतञ्जली योग समिति बागलुङको आयोजनामा हिँजो चैत २३ गते विहान देखी आरोग्य जीवनका लागि योग भन्ने नाराका साथ बागलुङ बजारमा बृहत योग शिविर सन्चालन भैरहेको छ । आगामी चैत २९ गते सम्म संचालन गरिने बृहत योग शिविरमा महिला पुरुषहरुको उत्साहजनक सहभागिता रहेको छ ।

विहान र साँझ दिनमा दुईपटक सन्चालन भैरहेको योग शिविरबाट निकै फाईदा भएको योग शिविरका सहभागीहरुले बताएका छन् । आजै विहान योग शिविरबाट बाहिरिदै गरेका सहभागीहरुले योगबाट शारीरिक, मानसिक एवं नसर्ने रोगको निवारणका लागि फलदायी भएको अनुभव सुनाए ।

शिविरमा पतञ्जली योग समितिका केन्द्रिय महिला प्रभारी अर्चना घिमिरे, समितिका केन्द्रिय सदस्य एबं धौलागिरी ईन्चार्ज नरेन्द्रमान लालचन लगायतले सहजिकरण गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *