मुख र खुट्टामा बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ, २०७४ चैत २३ । टोखा नगरपालिका–९ मिलन टोल स्थित भुमेश्वरी गेष्ट हाउसमा नाम,थर,वतन खुल्न नसकेकी अन्दाजी २२ बर्षीया महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव फेला परेको छ ।

उक्त गेष्ट हाउमा बिहीबार आगन्तुक पुस्तिकामा दाङ घोराही नगरपालिका–१ बस्ने २६ बर्षीय विकास वली भनी नाम,थर, वतन टिपाएका व्यक्ति सँग आएकी ती महिला गेष्ट हाउसको २ सय ३ नम्वर कोठा बुकिङ गरी बसेकोमा शुक्रबार गेष्ट हाउस संचालक बिल लिएर जाँदा कोठाभित्र मुख र खुट्टामा रूमालले बाधेको अबस्थामा मृत अबस्थामा फेला परेकी थिइन् ।

फरार भएका वलीको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच पोखरा लेखनाथ महानगरपालिका–३२ मझुवा स्थित सामुदायिक जंगलमा शुक्रबार नाम, थर, वतन नखुलेको अन्दाजी २५ बर्षीय पुरुषको शव आधा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *