Menu

गायक राजेश पायल राई दुर्घटनामा, घाईतेहरु गुल्मी जिल्ला अस्पतालमा !

प्रेम सुनार, गुल्मी २०७४ चेत २३ । तेश्रो गुल्मी महोत्सवको आज छैठौ दिनका प्र्र्रमुुुख आकर्षणका रुपमा गुल्मी आउँदै गरेका गायक राजेश पायल रार्ई कार्यक्रम स्थल नजिकैैै आर्र्ई पुग्दा गाडी दुर्घटनामा परेका छन् ।

बुटवल तर्फबाट गुल्मीको सदरमुकाम तम्घास तर्फ आउँदै गरेको गायक राईको बा १२ झ ४४४२ नम्वरको कार संग लु १ झ ३१३३ नम्वरको ट्याुक्सी दुविचौरमा ठोक्किदा ट्याक्सीमा सवार ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गायक राईलाई केहि नभएको प्रहरी र तेश्रो गुल्मी महोत्सव आयोजक समितिले बताए पनि अहिले साँझ पौने सात बजे सम्म पनि गायक राई कार्यक्रम स्थलमा आई पुगेका छैनन् । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भई रहेको छ ।

अहिले साँझ सम्म पनि गायक राईका दर्शक, श्रोता कुरेर बसी रहेका छन् । उनि संगै प्रमुख आकर्षक नायक सुगम पोखरेल पनि आज घर परिवारमा विरामी परेको भन्दै विचबाटे बाटै फर्किएका छन्् । गायक राईको गाडी संग अर्को गाडी ठक्कर खाएको पुुष्टी प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले दिएका हुन् । उनले गायक राईलाई केहि नभएको बताएका छन्् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *