स्थानीय सरकार संचालन सम्बन्धि २ दिने अभिमुखिकरण तालीम आज देखि सुरु !

पूर्णभद्र निउरे, ताराखोला २०७४ च्रत २३ । ताराखोला गाउँपालिकाको आयोजनामा स्थानीय सरकार संचालन सम्बन्धि २ दिने अभिमुखिकरण तालीम आज देखि सुरु भएको छ । नेपालको संघीय ब्यबस्था प्रणाली अन्तरगत संघ ,प्रदेश र स्थानीय तह को ऐन कानुन र अन्तर सम्बन्ध तथा स्थानीय तहका पदाधिकारीको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको उक्त तालिममा ताराखोला गाउपालिकाका जनप्रतिनिधि ,कर्मचारी शिक्ष्मक तथा सरोकारवाला गरि ८० जनाको सहभागीता रहेको छ।

तालिमको सहजीकरण नेपाल सरकारका सेबा निबृत्त उपसचिब तथा पुर्ब स्थानीय बिकास अधिकारी पेसल कुमार पोखरेल र संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयका शाखा अधिकृत रुद्रनाथ भुषाल र जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिबक्ता कृष्ण प्रसाद पन्तले गर्ने ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुषालले जानकारी दिए ।

तालिमको उदघाटन सत्र ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत भुषालको स्वागत र ना सु खडक बहादुर थापा मगरको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *