Menu

सिवाईसी बचत तथा ऋण सहकारी सस्थाको स्थापना दिवस मनाईदै

गुमानसिँह भण्डारी गल्कोट २०७४ चैत २३ । सिवाईसी बचत तथा ऋण सहकारी सस्था लिमिटेड सेवा केन्द्र गल्कोटले सस्थाको केद्रिय कार्यालयको नबौ स्थापना दिवश तथा हटिया सेवा केन्द्रको तेस्रो स्थापना दिवसका अवसरमा बिबिध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सस्थाले प्रत्येक बर्ष स्थापना दिवसको अवसरमा १ हत्ते कार्याक्रम गर्दै आईरहेको छ । जसअन्तर्गतमा चैत २० गते इमरजेन्सी पोलिक्लिनिक र आरोग्य अस्पतालका करिब १५ जना बिरामीहरुलाई फलफुल बितरण गरिएको छ । त्यस्तै सस्थाका ५० जना सेयर सदस्यहरुको रगतको समुह परिक्षण गरिएको सस्थाका बजार ब्यवस्थापन रोजिना गुरुङले बताईन ।

त्यस्तै आगामि चैत २६ गते असल ऋणिहरुलाई ग्रिन कार्ड बितरण गर्ने बताईएको छ । सोहि कार्यक्रममा ७० बर्ष उमेर पुगेका सेयर सदस्यहरुलाई मासिक ७ सय ५० रुपिया पेन्सन दिने ब्यस्वथा गर्ने सहकारीले जनाएको छ ।

गत २०७२ सालमा स्थापना भएको सेवा केन्द्रमा हालसम्म ९ सय ८० जना सेयर सदस्य र १ करोड २५ लाख पुगेको सेवा केन्द्रका प्रमुख रिमा भण्डारीले ईबागलुङलाई बताईन ।

सस्थामा ३ करोड ८५ लाख बचत संकलन भएको छ भने ११ करोड लगानि गरिएको भण्डारीको भनाई थियो ।

केन्द्रले हालसम्म गलकोटका सबै वाडलाई समेटेर कारोबार गरिएको छ । सस्थाले ३ सय ३५ दिन २४ घण्टा ईमरन्जेन्सि कलिङ सेवा, ५ बजेदेखि ६ बजेसम्म सन्ध्याकालिन सेवा, सेमिट्यान्स सेवा, अर्धोदैबिक सेवा, ७० बर्ष पुरा भएकालाई बृद्ध भक्ता, सुत्केरी भेटघाट सुबिधा, नयाँ बुहारी स्वागत कार्यक्रम, जेष्ठ नागरिक तिर्थयात्रा कार्यक्रम, एकल महिलाका लागी पेन्सन सुबिधा लगायतका सेवाहरु प्रदान गर्ने जुनियर बजार ब्यवस्थापक यमुना काउचाले जानकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *