साताको तस्वीर : ग्रामिण जन जीवनका झिल्काहरु !

बागलुङ २०७४ चैत २३ । ६ गाउपालिका र ४ नगरपालिकाले बनेको बागलुङ जिल्लाको ग्रामिण जनजीवन विविधतापूर्ण एवं कष्टकरमय रहेको छ । बजार क्षेत्रहरुमा केहि परिवर्तनहरु देखिएपनि ग्रामिण क्षेत्रहरुमा भने आशातीत परिवर्तन आएको पाईँदैन । थाप्लोमा नाम्लो र पिठ्यूँमा डोका थुन्सेले थिचेको जीवनका झिल्काहरु प्रशस्तै देख्न सकिन्छ गाउँघरमा । परिम र हुद्दाले धानेको मेलापात, अ‍ैँचोपैँचोले चलाएको घरव्यवहार, डोका र खाँग्रेमा खाँजेर ल्याएको घाँसपातले पालेका बस्तुभाउ र यिनको मलखादबाट हुर्काएका सागसब्जी अनि फलाएको अन्नबालि कम हुँदै गएपनि गाउँका कुनाकाप्ताहरुमा यस्ता प्रचलन विद्यमान रहेका छन् ।

ईबागलुङ सहकर्मीहरुले जिल्लाका विभिन्न भाग र खण्डहरुबाट खिचेका तस्वीरहरुले यिनै कुराहरुलाई ईंगित गरेको पाईन्छ । ईबागलुङ सहकर्मीहरुले संग्रह गरेका तस्वीरहरुलाई यहाँ एकत्रित गरी साताको तस्वीरमा प्रस्तुत गरिएको छ ।

पर्यटकीय गन्तव्य भकुण्डेको धुरीमा घाँसको भारी बोकेका दुई महिलाहरु । तस्वीर- डम्मर बुढा मगर ।

ढारेपाटनमा झरेका दुई युवतीहरु । तस्वीर- डम्मर बुढा मगर ।

बिहुँको भैँसी आहल बस्ने पोखरी, यसलाई सरसफाई गरेर माछा पालन गर्ने सुरसारमा छन स्थानीय । तस्वीर- विजय राना ।

घरका मुलीहरु बिदेश गएपछी बिरानो बन्दै ताराखोला अर्गलको एक घर । तस्वीर- दीपा पाण्डे ।

गल्कोट हरिचौर बजार । तस्वीर- दीपा पाण्डे ।

बडीगाड भिङगिठेको गावँमा ठेका बनाउदै स्थानीयहरु । तस्वीर- बिमल खड्का ,

बैदेशिक रोजगारीमा गएर फर्केपछी बसाई सर्नेक्रम बढेपछी गाउँका थुप्रै घरहरु यसरी बेबारिसे अवस्थामा छन् । तस्वीर- बिमल खड्का ।

बिहुँ घोँडाबाँधे देखी तल मध्यपहाडी लोकमार्गमा घाँस दाउरा गर्दै महिला । तस्वीर- कुसुम थिङ् ।

बिहुँको रमणीय गाउँ । तस्वीर- कुुसुम थिङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *