खेलाडीहरु राष्ट्रका गहना भएकाले खेल र खेलाडीको सम्मान राष्ट्रले गर्नु पर्छ – अध्यक्ष बुढा मगर

बसन्त सुतपहरे घर्तीमगर, तमान २०७४ चैत २२ । तमान युवा क्लब, तमानखोला गाउँपालिका ३ तमान, बागलुङले आयोजना गरेको चैत्राष्टमी मेला २०७४ को आज उदघाटन कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा मगरले यस्ता मेलाहरुले खेलाडीहरुको पहिचान र अबसर दुवै प्रदान गर्ने हुनाले स्थानीय स्तरका यस्ताखाले प्रतितोगितात्मक कार्यक्रमहरुमा क्लबले जोड दिनुपर्ने बताए।

खेलाडीहरु राष्ट्रका गहना भएकाले खेल र खेलाडीको सम्मान राष्ट्रले गर्नुपर्ने प्रमुख घर्तीको भनाई थियो। उनलले स्थानिय सरकार र गैरसरकारी संघरसंस्था हरु मिलेर काम गर्नु पर्ने बताउदै क्लबले जनताहरुलाई प्रत्यक्ष लाभान्वित हुने खालका कार्यक्रम सन्चालन गर्न आग्रह समेत गरे।

क्लब अध्यक्ष पृथ बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं ३ का वडा सदस्य मनकुमारी बुदाथोकी मगर, क्लबका पुर्व अध्यक्ष एवं नेपाली काङ्ग्रेस तमानखोला गाउँपालिकाका सह(संयोजक झक बहादुर बुढा मगर र तमानखोला गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष गिर बहादुर घर्ती मगरले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य क्लबका कोषाध्यक्ष टकमाया घर्ती मगर र सन्चालन प्रेम बुढा मगरले गरेका थिए ।

मेलामा खुल्ला पुरुष भलिवल र फुटबल , तारो खेलका साथमा सास्कृतिक कार्यक्रम, राष्ट्रिय र स्थानिय कलाकरहरुको प्रस्तुती र स्थानिय उत्पादनहरुको प्रदर्शनी पनि रहेको छ । मेला ५र६ दिन अझै चल्ने आयोजक समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *