पाण्डबखानीमा समूहस्तर वन डढेलो सचेतना गोष्ठी सुरु !

सुरेश छन्त्याल, गल्कोट पाण्डबखानी २०७४ चैत २२ , बागलुङको गल्कोट नगरपालिका१०,पाण्डबखानीमा वन डढेलो सचेतना गोष्ठी आज सुरु भएको छ। जिल्ला वन कार्यालय बागलुङको आयोजना र इलाका वन कार्यालय खर्वाङको संयोजनमा गोष्ठी भएको हो ।

गोष्ठीमा पाण्डबखानीका प्रत्येक सामुदायिक वनका २५ जना प्रतिनिधिहरुलाइ लाका वन कार्यालय खर्वाङका प्रमुख दिपक श्रीस र डम्बर रोकाले तालिम दिएका छन्।

तालिममा डढेलो भनेको के हो ?,के कारणले डढेलो लाग्छ,कसरी लाग्छ र आगो भनेको के हो,यसलाई कसरी निभाउन सकिन्छ भन्ने विषयमा तालिम दिईएकोछ।

भोलि आगो कसरी निभाउने तरिका प्रयोग बाट नै सिकाउने तालिम कर्ता प्रमुख श्रीसले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *