गल्कोट निलुवामा भीर मौरीको मह काढ्ने (शिकार)महोत्सवको आयोजना गरिने

गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत २१ । गल्कोट नगरपालिकामा प्रथम मह शिकार अर्थात हनि हन्टिङ महोत्सव हुने भएको छ । गल्कोटको भीरपहरामा हनी हन्टिङ अर्थात मह शिकार महोत्सव गर्न लागिएको निलुवा पर्यटकीय क्षेत्र प्रबद्र्धन केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताए ।
केन्द्रले गल्कोट नगरपालिका ४ को मौरी भीरमा मह शिकार महोत्सवको आयोजना गर्न लागेको सुवेदीको भनाई छ ।

मह शिकार महोत्सव अन्तरगत मौरीभीरमा भएका करिब १५, २० भन्दा बढी गोलाबाट मह झिकिने केन्द्रका कोषाध्यक्ष बिकास सुवेदीले बताए । भीरहरुमा भीर मह प्रशस्त्र मात्रामा रहेकाले यसबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न महोत्सव गर्न लागेको समेत सुवेदको भनाई थियो ।
चमुवाको मौरीभीर मौरीको मह शिकारका लागि गल्कोट नगरपालिका, निलुवा समाज चमुवा जापान, सँगै स्थानिय बिभिन्न संद्य सस्था र ब्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेको मुल आयोजक समिति सदस्य ईश्वर सुवेदीले बताए ।

केन्द्रले दिएको जानकारी अनुसार आजसम्म महोत्सवका लागी करिब १ लाख ८० हजार बढि आर्थिक संकलन भएको छ । कहाली लाग्दो भीर पहराहरुमा हुने महशिकार अर्थात ‘हनि हण्टिङ’ विश्वमै बिरलै हुने गर्दछ । अत्यन्तै सुरा मह शिकारीहरुको साहासिक काम पर्यटकका लागि नौलो र आकर्षणको विषय भएका कारण गल्कोटमा पहिलो पटक हनि हण्टिङ महोत्सव गर्न लागिएको गल्कोट नगरपालिका ४ का अध्यक्ष बल बहादुर खत्रीले बताए ।

आङै सिरीङ्ग हुने अग्ला भीर पहरामा निडरका साथ महशिकारीहरुले मह काडेको रमणीय दृश्य गल्कोटमा हुने भएपछि स्थानीयका लागि हनि हन्टिङ बिशेष चासोको बिषय बनेको छ । यस कार्यक्रमले निलुवा सँगै गल्कोटको प्रचार प्रसारमा समेत बिशेष सहयोग पुग्ने अध्यक्ष खत्रीले बताए ।

भीर माहुरीको शिकार गरेको कहिल्यै नदेखेका गल्कोटबासीले गल्कोटमै देख्न पाउने भएपछि साँच्चै अविस्मरणीय र रोचकको क्षण हुने आयोजकले जनाएको छ । गल्कोटका धेरै भीरहरुमा पाईने यो मौरीको मह समय मिलाएर काड्न सके राम्रो आम्दानी लिन सकिने गल्कोट नगरपालिका ४ का घनश्याम सुवेदीले बताए ।

भीर मौरीको मह औषधीका रुपमा पनि प्रयोग हुने भएकोले केहि दिनदेखिनै माग भईरहेको सुवेदीको भनाई छ ।

यसैबिच गल्कोटको पर्यटकीय क्षेत्र निलुवामा हुने उक्त महोत्सवमा स्थानिय परिकार र परम्परागत खाना खुवाईने प्रचार प्रसार समिति सदस्य बालकृष्ण सुवेदीले बताए । केन्द्रले महोत्सवका दिन स्थानिय परिकार खुवाउने बताएको छ । ’महोत्सव हेर्न जानेहरुले परम्परागत खाना र परिकार खान पाउने सुवेदीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *