बिप्लब निकट मगरात स्वायत्त प्रदेशको उर्दीले नगरप्रमुख पौडेलले राजिनामा देलान् ?

बागलुङ २०७४ चैत २१ । बागलुङ नगरपालिकाका नगरप्रमुख जनक राज पौडेल बलेवा बिमान स्थलमा नियमित बिमान सेवा सन्चालन गरी सस्तो लोकप्रियता आर्जन गर्न उनले बिमान कम्पनिहरुसंग यात्रुहरुलाई महंगो टिकट भाडा र नगरपालिकालाई लाखौँ घाटा पारी बिमान कम्पनिलाई फाईदा पुराउन गरिएको सम्झौताले मात्र नभएर नगरप्रमुखको गरिमामय पदमा आसीन हुनपुगेपछी उनको बोलि बचन, व्यवहार, स्वभावमा आएको अहंभावले उनी चर्चामा छन् ।

यसैबीच नेकपा माओवादी बिप्लब निकट मगरात स्वायत्त प्रदेश जिल्ला परिषद बागलुङले नगर प्रमुख जनकराज पौडेलको नाममा आज,ै आफु र मातहतका सम्पूर्ण पदाधिकारीहरुलाई राजिनामा गराई जनताको सत्तालाई स्वीकार गरी एकीकृत जनक्रान्तिको माध्यमबाट बैज्ञानिक समाजवादी व्यवस्था निर्माणको महान अभियानमा एक्यबद्धता जनाउन यसै पत्र मार्फत अनुरोध गरिन्छ भन्ने व्यहोराको पत्र (उर्दी)ले थप चर्चामा ल्याएको छ ।

सो पत्रको अन्त्यमा, अन्यथा अटेर गरी हाम्रो आग्रहलाई बेवास्ता गरेको खण्डमा यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार आफै हुनुपर्ने जानकारी गराईन्छ भनी उल्लेख गरिएको छ । सो पत्रमा उल्लेखित व्यहोरा र सम्वन्धित व्यक्तिको नाम लेखाइलाई हेर्दा यो परिपत्र सबै स्थानीय निकायहरुमा प्रेषित गरेको बुझिन्छ ।

मगरात स्वायत्त प्रदेश जिल्ला परिषद बागलुङको उर्दीे (परिपत्र)ले नगरप्रमुख पौडेल र उनका मातहतका पदाधिकारीले पदबाट राजिनामा दिने सवाल नै उठ्दैन भनी उनका निकट सुत्रहरुले बताई रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *