Menu

सनराईज आवसीय माबिले मनायो १९ औँ वार्षिकोत्सव एवं अभिभावन दिवस !

डम्मर बुढा मगर बागलुङ, २०७४ चैत २१ । बगलुङ नगरपालिका–३ गुठीमा रहेको सनराईज आवासीय माध्यमिक विद्यालयले आज भव्यताका साथ आफ्नो १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा सोही विद्यालयमा अध्ययन गर्ने विद्यार्थी चिरायु रिजाल र चिरञ्जीवी रिजालले चुम्बकीय कार, कुशल केसीको समुहले बनाएको अलकोहलिक रकेट लगाएत अन्य सामग्रीहरु प्रदर्शन गरिएको थियो । त्यस्तै सोही अवसरमा शिक्षक तथा अभिभावक बिचमा कुर्सी दौड प्रतियोगिता भएको थियो ।

उक्त कुर्सी दौड प्रतियोगितामा अभिभावकको तर्फकाट शान्ति क्षेत्री प्रथम भएकी थिईन् । कार्यक्रममा सो अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य, पिटी लगाएत मनोरञ्जनात्मक क्रियाकलापहरु प्रस्तुत गरेका थिए ।

विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले विद्यालयदेखि ¥याली निकाली बागलुङ बजार परिक्रमा गरि विद्यालयमा पुगेर अन्य कार्यक्रमहरु गरेका थिए ।

त्यसैगरी विद्यालयले विद्यालयमा लामो समयदेखि योगदान पुराउँदै आएका १५ जना अभिभावकहरु र २ जना शिक्षक र १ जना विद्यालय सहयोगीलाई सम्मान गरेको थियो । त्यस्तै विद्यालयले कक्षा ११ र १२ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु समेतलाई सम्मान गरेको थियो ।

सो अवसरमा विद्यालयका प्रिन्सिपल चन्द्रबहादुर केसीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक हरि केसी, दिलबहादुर महत लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष निर बहादुर क्षेत्रीको अध्यक्षता, विद्यालयका संस्थापक संरक्षक द्वय तिलक रिजाल र हरिकला क्षेत्रीको प्रमुख आतिथ्यता, कक्षा ९ का छात्रा सुजाता रुचाल, कक्षा ८ का छात्र चिरायु रिजाल र शिक्षिका सुमित्रा रिजालको स्वागत र विद्यालयका प्रिन्सिपल केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *