Menu

आयातित धर्म रोक्न र सनातन बैदिक धर्मको संरक्षण गर्न सचेत र सजग हुन जरुरी- स्वामी नारायणाचार्य

कोपिला कंडेल, बागलुङ २०७४ चैत २१ । राधाकृष्ण सेवा समिति बागलुङको पाचौ साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन बयोबृद्ध समाजसेवी बिजुली कुमारी श्रेष्ठले गरेकी थिईन् । साधारण सभामा राधाकृष्ण सेवा समितिलाई बिभिन्न क्षेत्र बाट सहयोग गरेको भन्दै २ जना लाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा श्री सत्यसाई केन्द्रकी मंगलादेबी राजभण्डारी र कृष्ण बहादुर राजभण्डारी रहेका छन् । सम्मानित दुबैलाई पण्डित नारायणाचार्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा प्रवचन दिदै स्वामी नारायणाचार्यले शान्ति र सदाचार कायम गर्नका लागि सनातन बैदिक धर्मको संरक्षण गर्नुपर्ने बताए । उनले आयातित धर्मलाई रोक्न र सनातन बैदिक धर्मको संरक्षणका लागि सचेत र सजग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व मंगलादेबी राजभण्डारी, नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिष र अक्षय कोष दाता केशव ओझाले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाकोे भवन निर्माणका लागि राधाकृष्ण सेवा समितिले नगद रु. ५ हजार रुपया सहयोग गरेको थियो । र कम राधाकृष्ण सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीले महासघंका अध्यक्ष शिरिषलाई हस्तान्तरण गरेका थिए ।

साधारण सभाको बन्द सत्रले राधाकृष्ण सेवा समितिका संस्थापक अध्यक्ष डम्बर बहादुर श्रेष्ठको नाममा स्थापना भएको रु १२ लाखको अक्षय कोषबाट धर्म कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने एक जनालाई ५१ हजार रुपयां राशीको पुरस्कार प्रदान गर्ने निर्णय गरेको समितका सचिव हरी प्रसाद उपाध्यायले जानकारी दिए ।

सो पुरस्कार डम्बर बहादुर श्रेष्ठको परिवार बाट ७ लाख र राधाकृष्ण सेवा समितिको ५ लाख गरी १२ लाखको अक्षय कोष स्थापना गरिएको हो ।

त्यसैगरी साधारण सभाका अवसरमा धार्मिक पुस्तकालय निर्माणका लागि बागलुङ बजार निवासी श्याम ओझा, केशव ओझाले आफ्ना स्वर्गिय मातापिता तारा प्रसाद श्रेष्ठ र पुर्ण कुमारी श्रेष्ठको नाममा १ लाख ११ हजार १ सय ११ रुपयाको अक्षयकोष स्थापना गरेका छन । पुस्तकालयका लागि बागलुङ बजार निवासी चार दाजुभाई अचल शाक्य, मच्छीन्द्र शाक्य, व्दारिका शाक्य र बिक्रम शाक्यले स्वर्गिय बुवाआमा पदम प्रसाद शाक्य र सुर्य लक्ष्मी शाक्यको नाममा ११ सय १७ थान धार्मिक पुस्तक सहयोग गरेको राधाकृष्ण सेवा समिति बागलुङले जनाएको छ ।

कार्यक्रममा आर्थिक एबं प्रगती प्रतिबेदन समितिका सचिव हरी प्रसाद उपाध्यायले प्रस्तुत गरेका थिए । कार्यक्रम राधाकृष्ण सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीको अध्यक्षता र उपाध्यक्ष लालचन्द्र राजभण्डारीको स्वागत मन्तब्य र सचिव हरी प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *