Menu

प्रवास : सडक दुर्घटनामा घाईते बनेका गल्कोटका सबिन कुवँरको यसरी भयो, युएईमा उद्धार !

खिमलाल पाण्डे, युएई २०७४ चैत २१ (४ अप्रिल २०१८), रोजगारीको खोजीमा तिन महिना अगाडी भिजिट भिजा लिएर युएई आएका बागलुङ गल्कोट नगरपालिका १ का सबिन कुवर उन्तिस दिने हस्पिटलको बसाई पछी गत बुधबार (२८ मार्च २०१८) बेलुका घर फर्किएका छन् ।

गत डिसेम्बर २०१७ मा युएई आइपुगेका कुवर दिनानुदिन कामको खोजीमा लागिरहे । कामको खोजि गर्दा गर्दै उनले युएईको रशअल खेमाको एउटा होटेलमा अस्थायी रुपमा काम गर्न लागे । भिजा लाग्ने आशामा दिनहु काम गरिरहे तर पनि भिजा लाग्न सकिरहेको थिएन । नियमित डिउटी गरिरहे ्र फेब्रुवरी महिनाको अन्तिम दिन उनि डिउटी सकेर बिहान पख करिब ३ बजे तिर काृठामा फर्किदै थिए्र चारै तर्फ हेरेर रोड पार गर्दै थिए ,अचानक स्पिडमा आएको स्थानीय ब्याक्तिले चलाएको कारले ठक्कर दिन पुग्दा ्रउनको हात खुट्टा लगाएत टाउकोमा समेत चोट लाग्न पुग्यो ।
यसरि सडक दुर्घटनामा परि घाइते भएका कुवरलाई नेपालीहरुकै सहयोगमा रशअल खेमाह स्थित हस्पिटलमा पुराइएको थियो्र । हस्पिटल पुराउदा उनि अचेत अबस्थामै थिए । छ दिन सम्म कुवरको होस् आएन । ६ दिन पछी होस् त आयो तर टाउको खुट्टा लगायत शरीरका अन्य भागमा चोट लागेका कारण हिडडुल गर्न भने सकेनन । कुवरलाई हस्पिटलमा काम गर्ने नेपालीहरु बेग बहादुर पुलामी धादिङ, केसर लिम्बू मोरङ पाचथर, जित कुमार राई भोजपुर, गम बहादुर सुनार नवलपरासी, धन बहादुर बोहोरा सल्यान, मीन बहादुर निरौला खोटाङ, रुम बहादुर (गुल्मी) र महेश बन्जारा खोटाङले होटेलमा दिनरात सक्दो सहयोग गरेको बागलुङ सेवा समा युएईका बरिष्ठ उपाध्यक्ष चुडामणि शर्माले इबागलुङलाई बताए ।

आफ्नै जिल्लाबाट युएई आएर कामको खोजि गर्दा गर्दै अचानक सडक दुर्घटनामा परि गम्भीर घाइते भएको खबर बागलुङ सेवा समाज युएईलाई जानकारी आए लगत्तै कुवरको खोजि गर्दै संस्थाका बरिष्ठ उपाध्यक्ष चुडामणि शर्मालाई घाइतेको अबश्था बारे बुझ्न जिम्मा दिएको थियो्र, जहा उपाध्यक्ष शर्माकासाथमा संस्थाका केन्द्रिय सल्लाहकार याम पुन , बरिष्ठ सल्लाहकार कृष्ण केसी पनि हस्पिटल पुग्नु भएको थियो ।

जब कुवर हस्पिटलमा भएको जानकारी पाए पछी युएई नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष एबं समाजसेवी गुणानिधी शर्माको साथमा तुलमान, अर्जुन सापकोटा लगायत अन्य साथीहरु घाइते कुवरलाई भेट्न हस्पिटल पुग्नु भएको थियो । कुवरलाई भेटे पछी एकता समाजको तर्फ देखि पनि आबश्यक सहयोग गर्ने र नेपाल पठाउन पहल गर्ने युएई नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष गुनानिधि शर्माले बागलुङ सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष शर्मा समक्ष प्रतिबद्दता गर्नु भएको थियो्रसोहि अनुरुप गुणानिधी शर्माले हर पल सहयोग गर्दै आइरहेको संस्थाका उपाध्यक्ष शर्माले बताए ।

हस्पिटलमा पुगेर कुवरलाई भेटे पछी दुताबासमा जानकारी दिन र जति सक्दो छिटो नेपाल फिर्ता पठाउनको लागि पहल गर्न संस्थाका उपाध्यक्ष शर्माले सामाजिक संजाल संस्थाको ग्रुप च्याट मार्फत जानकारी दिए । सुचना पाए लगत्तै संस्थाका बरिष्ठ सल्लाहकार चित्र केसीले दुताबासमा जानकारी गराउदै जति सक्दो नेपाल फिर्ता पठाउन आग्रह गर्नु भएको थियो्रत्यस्तै रशअल खेमाह बाट बागलुङ सेवा समाज युएई क्षेत्रिय समितिका अध्यक्ष काशिराम सापकोटाको साथ साथमा कोशाध्यक्ष गंगा सुबेदी, पुजा शर्मा लीलाराम जैशि लगाएतका साथीहरुले समय समयमा आलोपालो गरि आबश्यक सहयोग गरेको उपाध्यक्ष शर्माले जानकारी दिए ।

स्थानीय ब्याक्तिले चलाएको कारले ठक्कर दिएर घाइते भएका कुवरको उपचार खर्च सुरुसुरुमा स्थानीय ब्यक्तिले नै उपलब्ध गराएता पनि पछी कुवरले गलत ठाउबाट बाटो क्रस गरेकाले आफुले उपचार खर्च तिर्न नसक्ने बताएका थिए । भिजिट भिजामा रहेकाले उनलाई आफ्नो खर्च नत इन्स्युरेन्सले दिन्थ्यो नत कम्पनीले नै । कुवरलाई नेपाल फर्काउन बागलुङ सेवा समाज युएईले हर कदम बाकि राखेन । केन्द्रीय समितिले रशअल खेमाहमा कार्यरत केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष शर्मालाई जिम्मा दिएको थियो । शर्माले दिनरात के कसरि हुन्छ सक्दो सहयोग गरिरहे कानुनि प्रक्रिया पुरा गर्नु पर्ने भएकाले संस्थाले अबुधाबीमा कार्यरत संस्थाका बरिष्ठ सल्लाहकार चित्र केसीलाई दुताबासलाई जानकारी दिनुको साथै आबश्यक प्रक्रियाका लागि दबाब दिन जिम्मा दिएको थियो । संस्थाले दिएको जिम्मेबारीलाई आत्मा साथ् गर्दै केसीले दुताबास अबुधाबीमा जानकारी गराएका थिए ।

केसीले भने ‘’मैले आफ्नो जागिरको प्रवाह नगरिकन भाइलाई नेपाल फिर्ता पठाउन र हस्पिटलमा लागेको खर्च सके सम्म मिनाहा गर्न दुताबास समक्ष कुरा राखेको हु’ु जानकारी लगत्तै बारम्बार दबाब पछी दुताबास अबुधाबिले पनि थप चासो देखायो । पछिल्लो समयमा दुताबासले युएई ब्यापी कुटनैतिक सम्पर्क सुरु गरेको थियो ।

यसरि सडक दुर्घटनामा परेको थाहा पाए पछी कुवरलाई भेट्न जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना पनि हस्पिटल पुगेका थिए । ढुंगाना बागलुङ सेवा समाज युएईले आयोजना गरेको चैते दशैँ महोत्सब ४ का लागि युएई आएका थि । ढुंगाना हस्पिटल पुगेर सबैकुरा बुझे पछी नेपाली राजदुताबास अबुधाबी पुगे । युएईको कानुनि प्रक्रिया र आबश्यक सहयोग गरि कुवरलाई नेपाल पठाउन दुताबास समक्ष आग्रह समेत गरे । दुताबासले पनि छिट्टै नेपाल पठाउन आबश्यक कानुनि , प्रशासनिक प्रक्रिया पुरा गरेर नेपाल पठाउने प्रतिबद्द्धता गर्यो जसका लागि दुताबासले आफ्ना प्रतिनिधि हस्पिटलमा समेत पठायो त्यस पछी हस्पिटल पुगे दूतावासका तृतीय सचिव केशबराज पोखरेल । जब तृतीय सचिब पोखरेल हस्पिटल पुगे अनि मात्र आबश्यक कानुनि प्रक्रिया, प्रशासनिक काम, उपचार र उद्दार सम्बन्धित प्रक्रिया सुरु गरिएको थियो ।

सम्पूर्ण विवरण तयार पारे पछी अस्पत्तालले करिब ६२ हजार दिहराम बराबरको खर्च देखाएको बागलुङ सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष शर्माले बताएका छन् । संस्थाको पहल र दुताबासको सक्रिय कदमले गर्दा नै कुवरलाई उक्त रकम मिनाहा गरि सरकारी तथा प्रशासनिक प्रक्रिया पुरा गरि नेपाल पठाईएको हो ्र कुवरलाई एयर अरबियाको फ्लाइट मार्फत गत २८ मार्च २०१८ बेलुकी नेपाल पठाईएको हो । कुवर अहिले ग्राण्डी हस्पिटल काठमाडौंमा उपचार गराइरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *