फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्छ : सन्चार राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ २०७४ चैत २१ । सञ्चार,सूचना तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने बताएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापन पत्र बुझ्दै चैत २० गते उनले यसअघि राज्यले फोटो पत्रकारितालाई समेट्न नसकेको भन्दै फोटो पत्रकारितालाई राज्यले प्राथमिकतामा राख्ने बताए ।

फोटो पत्रकारले नेपालको पत्रकारितामा खेलेको भूमिकाको सराहना गदै उनले फोटोपत्रकारको रचनात्मक कार्यलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

मन्त्री वास्कोटालाई समूहका सचिव प्रदीपराज वन्तले ७ वुँदे ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा फोटो पत्रकारहरुको जिविकोपार्जनका लागि न्यूनतम् पारिश्रमिक निर्धारण राज्य पक्षवाट गराउनुपर्ने, फोटो पत्रकारहरुले जोखिम मोली कार्यसम्पादन गर्नुपर्ने भएकाले जीवन बीमाको साथै सञ्चार सामग्री (क्यामेरा) को पनि बीमाको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारको राजकीय तथा अन्य उच्चस्तरीय विदेश भ्रमण हँुदा फोटो पत्रकारलाई संलग्न गराउनुपर्ने, लेख्ने पत्रकार सरह फोटो पत्रकारलाई पनि समान अवसर मिल्ने वातावरण बनाउनुपर्ने लगायतमा माग रहेका छन ।

यसैगरि फोटो पत्रकारको हकहितका लागि रु ५० लाख बराबरको अक्षय कोषको स्थापना गर्नुपर्ने, ‘राष्ट्रिय फोटो पत्रकारीता पुरस्कार’ का निम्ति राज्यबाट न्यूनतम रु २० लाख बरावरको अनुदान रकम हरेक वर्ष छुट्टाउनुपर्ने लगायतका माग रहेका छन ।

यसैगरि समूहले आउदो वैशाख १३ गते मनाइन लागेको फोटो पत्रकरिता दिवसको बारेमा पनि मन्त्री वास्कोटालाई जानकारी गराइएको समूहका सचिव वन्तले बताए भने मन्त्री बास्कोटाले आफु उक्त कार्यक्रममा उपस्थित हुने वचन दिएका थिए ।
समूहमा ३३ जिल्लाका ५ सय जना आवद्ध रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *