Menu

करेण्ट लागेर बानपा-२ जिपपार्क नजिकै ११ वर्षिय बालकको ज्यान गयो

कोपिला कंडेल, बागलुङ २०७४ चैत २१ । बागलुङ नगरपालिका वडा नम्बर २ मा करेन्ट लागेर हिजो साझ एक बालकको मृत्यु भएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम घर भई हाल बागलुङ नगरपालिका वडा नम्बर २ जिपपार्क नजिकै झुलेनी होटल संचालन गर्दै आएका पहलमान थापाका ११ बर्षिय छोरा प्रज्वल थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको झ्यालमा करेन्ट लागि घाइते भएका थापाको लागि धौलागिरि अन्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । करेन्ट कसरी के कारणले लाग्यो भन्ने बारे थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

स्मरणीय छ केहि दिन पहिले जैमिनी नगरपालिका सर्कुवामा विद्युत पोल फेर्ने क्रममा करेन्ट लागेर</a> बिनामारेका एक युवकको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाईते बनेका थिए ।

तस्वीर सौजन्य, अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *