हटियामा सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न फुटपाथ निर्माण सुरु !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत २० । पैदल यात्रु, सवारी साधन प्रयोगकर्ता, सवारी चालक तथा बालबालिका कसैले पनि ट्राफिक नियम पालना नगरकै कारण दुर्घटना बढ्न थालेको भन्दै पछिल्लो समय गलकोटमा फुटपाट निर्माण कार्य सुरु गरिएको छ । मध्यपहाडी लोकमार्ग गल्कोट हटिया बजार क्षेत्रमा फुटपाथ निर्माण कार्य सुरु गरिएको गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले ईबागलुङलाई बताए ।

नगरपालिकाको आर्थिक सहयोगमा सडक दुर्घटनाबाट बच्नका लागि हटिया बजार क्षेत्रमा दाँया र बायाँ २।२ मिटरको फुटपाथ निर्माण गरिएको छ । हाललाई लोकतन्त्र चोकदेखि जिपपार्क सम्म फुटपाथ निर्माण गरिने गल्कोट नगरपालिका ३ का अध्यक्ष वीरजङ भण्डारीले बताए ।

फुटपाथ नहुदाँ पछिल्लो समय बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढिरहेको थियो । आगामि आर्थिक बर्षको असार बाट बजार क्षेत्रको सम्पुर्ण क्षेत्रमा फुटपाथ निर्माण गरिने भएकाले वडाले मापदण्ड बिपरित लोकमार्ग आसपासमा निर्माण गरिएका टहरा हटाउन जेष्ठ मसान्त सम्मको समय तोकेको छ ।
अध्यक्ष भण्डारीका अनुसार उक्त समय सम्म टहरा नहटाए नियम अनुसार भत्काई काम अगाडि बढाउने बताए ।

यसैबिच गल्कोटमा सवारी चालकलाई सवारी नियमसम्बन्धी जानकारी, सवारी साधन प्रयोगकर्ताले पु¥याउनुपर्ने सावधानी, पैदलयात्रुहरुले पु¥याउनुपर्ने सावधानी तथा बालबालिकालाई सडक दुर्घटनाबाट जोगाउन गल्कोटमा जनचेतनाको अभाव देखिएको छ ।

सवारी चालकलाई सवारी नियम सम्बन्धी जानकारी, सडक पेटीबाट मात्र हिड्न तथा सवारी साधन प्रयोगकर्तालाई सर्वाजनिक सवारी साधन प्रयोग गर्दा बस स्टपमा मात्र चढ्ने, ओर्लने, सवारी साधनको ढोकामा झुण्डिएर तथा छतमा बसेर यात्रा नगर्ने लगायतका कुराहरु सबैलाई जानकारी हुन नसक्दा गल्कोटमा सवारी साधन दुर्घटनाको जोखिम दिनहु बढिरहेको छ ।

त्यस्तै बालबालिकालाई कहिल्यै नेखेलौ, सवारी साधनमा यात्रा गर्दा पछाडि सिटमा बसौ, पैदल यात्रा गर्दा फुटपाथ प्रयोग गरौ तथा फुटपाथ नभएमा सडकको दाया किनारा प्रयोग गरौ, लगायतका कुराहरुको बारेमा जानकारी हुन सकिरहेको छैन । ट्राफिक नियम सम्बन्धी जानकार नहुदा तथा जानकारी भए पनि जानी जानी उल्लंघन गर्ने कार्य दिनप्रतिदिन बढ्दै जादा दुर्घटनाको जोखिम समेत भयावह रहेको छ ।

दुर्घटनाको समयमा एक अर्कालाई आरोप प्रत्यारोप लगाउनु भन्दा सबैलाई ट्राफिक सचेतनाको ज्ञान भएको खण्डमा र सबैले ट्राफिक नियम पालना गरेमा दुर्घटनाको जोखिम कम भएर जाने भएकोले पनि यो अभियानले सार्थकता पाउनेमा सामाजिक अभियन्ताहरु आशावादी रहेको पाईन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *