Menu

जैदी बोरमा विल्डिङ तथा स्लेक्टिसियन लेभल-१ निःशुल्क तालिम

कमल राना, बागलुङ, २०७४ चैत २० । बागलुङ जिल्ला जैमिनी नगर पालिका वडा न ७ जैदी बोरमा विल्डिङ तथा स्लेक्टिसियन लेफल-१ निःशुल्क तालिम आज उदघाटन भई भोली देखि सञ्चालन हुने भएको छ ।

गाउँघरका महिलाहरूलाई सीप सिकाई स्वरोजगार बनाउने उद्देश्यका साथ नेपाल सरकार एसियाली बिकास बैँकको प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम सीप विकास प्रयोजनाको सहयोगमा जिनियस मल्टि टेक्निकल इन्सटिच्युट प्रा।लि दुवरा उक्त निःशुल्क तालिम सँञ्चालन भएको हो ।

तालिममा ४० जना महिलाहरूको सहभागिता रहनेछ भने उक्त तालिम २०७५ साल असार २१ गते सम्म सञ्चालन हुनेछ ।

तालिम विहान ६ देखि ९ बजे सम्म र दिँउसो १ देखि ४ बजे सम्म दुई सेक्सनमा सञ्चालन हुनेछ ।

तालिममा सहभागी सबै प्रशिक्षार्थीहरूलाई दैनिक खाजा सहित तालिम अबधि भरको प्रति व्यक्ती रू १० हजार ५ सय भत्ता समेत उपल्बध गराउने जिनियस मल्टि टेक्निकल इन्स्टिच्युट प्रालिले बताएको छ ।

आज भएको उक्त निःशुल्क तालिमको उदघाटनको अध्यक्ष्ता कार्यक्रमका कोरिनेटर अमृत रानाको रहेको थियो भने सञ्चालन जनक भण्डारीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *