उत्तरगंगा माबिका निप्रअ ईश्वरी पौडेल एमाले निकट राष्ट्रिय शिक्षक संगठनमा प्रवेश !

गल्कोट २०७४ चैत २० । केहि दिन पहिले ढोरपाटन नगरकार्यपालिकाको बहुमतको बिबादास्पद निर्णयले बुर्तिवाङ स्थित उत्तरगंगा माबिको नि प्रधानाध्यापकमा नियुक्त भएका ईश्वरी प्रसाद पौडेल आफनो माउपार्टी माओवादी पछिल्लो समय विप्लब निकट शिक्षक संगठन परित्याग गरी मंगलबार नेकपा एमाले निकट शिक्षक संगठनमा प्रवेश गरेका छन् ।

ढोरपाटन नगरपालिकाले उत्तरगंगा माबिको निमित्त प्रधानाध्यापकमा नियुक्ति गरेपछी पौडेल एमाले निकटको शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गर्ने बुर्तिवाङमा चर्चा चलेको थियो ।

उत्तरगंगा माध्यमिक बिद्यालयको तत्कालीन व्यवस्थापन समितिले राजनीतिक आस्थाको आधारमा माओवादी कार्यकर्ता भनेर पौडेललाई प्रअ मा नियुक्ति दिएपछी त्यस्को बिरुद्ध पीडित धनबहादुर कुवर न्यायको लागि सर्वोच्च अदालत पुगेका थिए । पौडेलको प्रअमा नियुक्तीलाई बदर गर्दै सर्बोच्च अदालतले कुँवरको पक्षमा फैसला सुनाएको थियो । तत्पश्चात पौडेल साधारण शिक्षकको हैसियतमा कार्यरत थिए ।

गत स्थानीय तहको निर्वाचनमा ढोनमामा नेकपा एमालेकोको बहुमत आएपछी पौडेलले चोला फेरे भन्दै बुर्तिवाङवासीले मुल्यांकन गरेका छन् ।

आज हटियामा भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला कार्य समिती र जिल्लामा अवस्थित १० ओटै स्थानीय कार्य समिती बिचको बैठकमा पौडेल सँगै निसीखोलाको देविस्थान माविका प्रधानाध्यापक किरण पौडेल र सोहि माविका शिक्षक झकबहादुर क्षत्री अन्य शिक्षक संगठन परित्याग गरी एमाले निकट शिक्षक संगठनमा प्रवेश गरेका थिए ।

जिल्ला कार्य समिती अध्यक्ष गोबिन्द भन्डारी को अध्यक्षतामा हटियामा भएको बैठकमा केन्द्रीय सदस्य टिकाराम सापकोटा, ने क पा एमाले जिल्ला सचिवालय सदस्य डिल्ली गौतमको समेतको उपस्तिति रहेको थियो । बैठक ले ११ बुदे गल्कोट घोषणा पत्र जारी गर्दै सम्पन्न भएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बागलुङ गल्कोट घोषणा पत्र २०७४

१. शिक्षा ऐन २०२८ ९संसोधन सहित० अनुसार अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धावाट स्थायी गर्न शिक्षक सेवा आयोगवाट यहि मिति २०७४ चैत्र २३ गते परीक्षा तोकिएकोमा नेपाल सरकार शिक्षा मन्त्रालयबाट गैरजिम्मेवार तरिकाले अकस्मात परीक्षा स्थगित गरेको हुँदा त्यसको घोर भत्र्सना गर्दै यथाशिघ्र परीक्षाको मिति तोक्न जोडदार माग गरिन्छ ।

२. स्थानिय तहमा शिक्षा ऐन तथा नियमावली निर्माण गर्ने क्रममा नेपाल शिक्षक महासंघ र यसका घटक संगठनहरुको सहभागितामा विना तयार पर्ने काम भएको पाइएकोले त्यस प्रकारको कार्यशैली प्रति असहमति प्रकट गर्दै शिक्षकहरुको सहभागितामा मात्र शिक्षा ऐन तथा नियमावली निर्माण गर्न तत्तत् स्थानिय तहका शिक्षक संगठनका कार्यसमिति मार्फत सम्वन्धित स्थानिय तहहरुमा ध्यानाकर्षण गराइन्छ।

३. मौजुदा शिक्षा ऐन र नियमावलीमा संशोधन गरी राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको संवैधानिक सुनिश्चितताको लागि नेपाल सरकार समक्ष जोडदार माग गरिन्छ।

४. देशको वदलिँदो परिस्थिति अनुरुप पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्न र त्यसको आधारमा शैक्षिक सामाग्रि तथा शिक्षक तालिमको व्यवस्थ ागर्न नेपाल सरकार संग माग गरिन्छ ।
५. विद्यालय कर्मचारी पद सिर्जना गरि दरवन्दि उपलब्ध गराउन, अनुदान कोटालाई स्थायी दरवन्दिमा परिणत गर्न , सट्टा करार, अनुदान कोटामा कार्यरत शिक्षकहरुलाई सेवाको गणना हुने गरि आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट यथाशिघ्र स्थायी गर्न जोडदार माग गरिन्छ।
६. स्थायी शिक्षकहरुको आवधिक वढुवा र ःबकक एचयmयतष्यल लाई निरन्तरता दिन माग गरिन्छ।

७. बढ्दो महंगिलाई मध्यनजर गरि विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब भत्ता वृद्धि गर्न माग गरिन्छ।

८. सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको वारेमा समय समयमा छलफल र बहस भैरहेको सन्दर्भमा सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न स्थानिय तह र सरोकारवालाहरु संग संगठनले समन्वय गरी प्रयत्नरत रहने छ ।

९. नेपाल शिक्षक महासंघको केन्द्रिय समिति सर्वसम्मत गठन भएको सन्दर्भमा बागलुङ जिल्ला र स्थानिय समिति मा नेपाल शिक्षक महासंघ गठन नभएको वार्ता, छलफल र समन्वयलाई सर्वसम्मत समिति गठन गर्नको लागि सम्पूर्ण पेशागत शिक्षक संघ संगठनलाई अपिल गरिन्छ।।
१० यहि २०७४ चैत्र २९ गते यस संगठनले ३९औं शिक्षक दिवस बागलुङ बजारमा शैक्षिक अन्तरक्रिया तथा शिक्षक सम्मान कार्यक्रम सहित भव्य रुपमा मनाउने हुनाले सम्पूर्ण शिक्षकहरुलाई उपस्थितिको लागि सादर निमन्त्रणा गरिन्छ।
११. नेपाल सरकारवाट पोशाक भत्ता नपाइरहेका शिक्षक, कर्मचारीहरुलाई पोशाक भत्ता तत्काल उपलब्ध गराउनको लागि बागलुङ जिल्लाका सम्पूर्ण १० वटै स्थानिय तहसंग माग गरिन्छ। धन्यवाद ।

मितिः २०७४/१२/२०

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *