Menu

प्रवास : ठकुरी सहयोग सञ्जाल युएईको प्रथम अधिबेशन अप्रिल १३ मा हुने

प्रकाश ढकाल, युएई २०७४ चैत २० । युएईमा संस्थाहरु स्थापना हुने क्रम तिब्र गतिले चलेको छ । यसै क्रममा गएको मार्च २३ तारिक गठन भएको ठसस ( ठकुरी सहयोग सञ्जाल ) तदर्थ समितिले ले यहि आउने अप्रिल १३ तारिक २०१८ शुक्रबार को दिन प्रथम अधिबेशन तथा बृहत भेटघाट कार्यक्रम राख्ने भएको छ ।

युएईको बर दुबई स्थित लुम्बिनि ड्रीम गार्डन गेस्टहाउसमा स्थानिय समय अनुसार दिनको ठिक ३ बजे कार्यक्रम शुरु हुने उक्त कार्यक्रम मा युएई को हरेक कुनामा रोजगारी तथा ब्यापार ब्यवसाय गरेर बस्नुहुने सम्पुर्ण ठकुरी हरुको भेटघाट कार्यक्रम तथा प्रथम अधिबेशन गर्ने कुरा तदर्थ समितिका संयोजक भिम मल्लले बताए ।

नेपाली नयाँ बर्ष समेत नजिकिदै गर्दा उक्त कार्यक्रम गरि सम्पुर्ण युएईबासी ठकुरी हरुलाई एकजुट बनाएर संस्था स्थापना गर्दै आगामी दिनमा युएई तथा नेपालमा आईपरेका समस्याहरुलाई सानो भएपनि सहयोग गर्ने लक्ष्य बोकेर संस्था स्थापना गर्न लागिएको बताउछन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *