जिल्ला बचत तथा ऋण सहकारी संघ उत्कृष्ट संघकोे रुपमा सम्मानित !

सुमन जि.सी, बागलुङ २०७४ चैत २० । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङ स्थित जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङ उत्कृष्ट संघको रुपमा सम्मानित भएको छ ।

सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि. बागलुङले आयोजना गरेको प्रभातफेरी पश्चातको मुल समारोहमा जिल्लामा स्थापना भएका विषयगत संघहरु मध्येबाट सहकारी अभियानमा उल्लेखनीय योगदान पु¥याए वापत बचत तथा ऋण सहकारी संघ लि. बागलुङलाई जिल्लाको उत्कृष्ठ संघको रुपमा पुरस्कृत तथा सम्मान गरिएको हो । संघ यस पूर्व नै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको २६ औं वार्षिक साधारण सभाका अवसरमा देशकै उत्कृष्ठ संघको रुपमा पुरस्कृत र सम्मानित भैसकेको छ ।

बागलुङ जिल्लामा स्थापना भएका बचत तथा ऋण सहकारी संस्थाहरुको माध्यमबाट छरिएर रहेको पुँजी र संस्थाहरुलाई संगठित गराई स्थानीय स्तरमा रोजगार र स्वरोजगार सिर्जना गर्ने अभिप्रायले २०५४ साल आश्विन १४ गतेका दिन संघको स्थापना भएको थियो । स्थापनाको १८ वर्षसम्म निस्कृय रहेको यस संघ मिति २०७१÷११÷३० गते सम्पन्न तेश्रोे साधारण सभाबाट चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा १३ सदस्यीय सञ्चालक समिति सर्वसम्मतिले चयन भए पश्चात संघले जिल्लाको सहकारी अभियानमा छाएको शून्यतालाई सदस्य संस्था, सञ्चालक, लेखा तथा सुपरीवेक्षण समिति र सहकारी संस्थामा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम, गोष्ठि, सम्मेलन जस्ता कार्यक्रमहरु सञ्चालन गरी सकृयताको छोटो समयमा उत्कृष्ठ संघको रुपमा आफुलाई स्थापीत गर्न सफल भएको छ ।

जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको संघमा हाल जिल्लाका ८७ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध छन भने १ करोड ५० लाख बराबरको सम्पती रहेको छ । संघले सदस्य संस्थाहरुलाई तालिम तथा क्षमता अभिबृद्धिका साथसाथै संस्थाहरुलाई आवश्यक पर्ने खातापाता र पुँजीको अभाव भएका संस्थाहरुका लागि ऋण लगानी समेत गर्ने गरेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

यसैवीच सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले ६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ को अवसरमा बा.न.पा.–८ सिगानामा १ दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

संस्थाको तित्याङ सेवाक्षेत्र अन्र्तगत सिगानामा सदस्यता बृद्धि गर्ने अभिप्रयाले तालिमको आयोजना गरेको थियो । तालिम कार्यक्रम वा.न.पा.–८ सिगानाका वडा अध्यक्ष जितवहादुर खत्रीले उद्घाटन गरेका थिए । उद्घान पश्चात सहकारी शिक्षा तालिमलाई सम्वोधन गर्दै खत्रीले सिवाईसी साकोसले बागलुङ जिल्लालाई सहकारीको माध्यमवाट नेपालमै चिनाउने कार्य गरेको बताए । सहकारी संस्थाले उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्नुपर्ने बताउदै खत्रीले त्यसका लागि सहकारी र स्थानीय तहहरु मिलेर अगाडि जानुपर्ने बताएका थिए ।

कार्यक्रममा सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष एवं नेफ्स्कूनका सञ्चाक चण्डिप्रसाद शर्मा पौडेल, स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, सिगाना उ.मा.वि.का प्र.अ. गोपाल कुमार शर्मा, सिवाईसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्का लगाएतले मन्तव्य राखेका थिए ।

तालिम कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको परिचय, संस्थाका सेवा सुविधा, सहकारीको परिभाष, सिद्धान्त मूल्य मान्यता आदीका विषयमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र प्रवन्धक नवराज शर्माले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा संस्थाको बारेमा जानकारी प्रवन्धक नवराज शर्माले गराएका थिए ।

सदस्य सेवा केन्द्र तित्याङका संयोजक कुमार प्रसाद उापध्यायको अधयक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सेवाकेन्द्र तित्याङको परामर्श कार्यदलका सदस्य किरण थापाको स्वागत र सञ्चालन डिल्लीप्रसाद गौतमको सञ्चालनम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *