हिस्टान रेसुङ्गा नगर समिति अध्यक्षमा ज्ञवाली चयन

कौरव खत्री, गुल्मी २०७४ चैत २० । गुल्मीको हिस्टान रेसुङ्गा नगरपालिकाको बैठक सम्पन्न भएको छ । सोमवार सदरमुकाम तम्घासमा बसेको बैठकले बद्रि ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय हिस्टान रेसुङ्गा नगर कार्य समितिको समेत चयन गरेको छ । जस अनुसार समितिको उपाध्यक्षमा जगबहादुर थापा, सचिव सुदिप खड्का, कोषाध्यक्ष रवि घर्ती रहेका छन् भने समितिका अन्य सदस्यहरुमा वासुदेव पन्थी, घाश्याम पाण्डेय, दिपक पाण्डेय, प्रिज्म श्रेष्ठ, भरत कुमार श्रीस, शान्ती नेपाली, मिना पन्थी चयन भएका छन् ।

बैठकमा हिस्टान केन्द्रिय सदस्य के.एन. घिमिरेको प्रमुख आतिथ्यता रहेको बैठकठकमा जिल्ला उपाध्यक्ष युवराज अर्याल लगायतका सम्पूर्ण पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैठकमा कक्षा ११ र १२ को शिक्षाको गुण्स्तरलाई अभिवृद्धि गर्ने र हिस्टानको केन्द्रिय अधिवेशनलाई भव्य रुपमा सफल बनाउनका लागि व्यापक छलफल गरिएको थियो । बैठक हिस्टान गुल्मीका जिल्ला सदस्य मुक्तिनाथ पाठकको अध्यक्षता रहेको बैठकको सञ्चालन हिस्टान गुल्मीका कोषाध्यक्ष थम्मन बहादुर के.सी.ले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *