Menu

गल्कोट नगरपालिका वडाहरुमा बामपन्थी महिला संगठन गठन अभियान जारी !

थम्मन थापा सन्देश बागलुङ गल्कोट २०७४ चैत १९ । संयुक्त बाम महिलाहरुको संगठन विस्तार अभियान अन्तरगत गल्कोट नगरपालिका ७ मल्ममा आज भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संयुक्त महिला बाम गठबन्धन गल्कोट नगर समितिका अध्यक्ष कौशिला घर्तीले महिलाहरुको हक हित अधिकारको निमित्त अब चुलो चौकोमा मात्र समित नभई सामाजिक कार्यमा सक्रिय हुनुपर्ने बताईन् ।

बामपन्थी सरकारले नै महिलाहरुलाई राज्यको हरेक निकायमा पहुँच राख्न सफल भएको भन्दै अब बामपन्थी महिला अझै सशक्त भएर लाग्नु पर्ने प्रमुख अतिथि घर्तीको जोड थियो ।

नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट महिलाहरुको भेलाले रेवती थापाको अध्यक्षतामा २५ सदस्यीय संयुक्त महिला बाम गठबन्धन गठन गरेको छ । समितिको उपाध्यक्षमा थुम कुमारी थापा, सचिवमा कृष्णा थापा सहसचिवमा यशोधा थापा र कोषाध्यक्षमा कमला थापा रहनुभएको छ ।

सो अवसरमा गल्कोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, वडा सदस्य पदमा नेपाली, नेकपा एमालेका विष्णु राना, राष्ट्रिय जनमोर्चाका दल बहादुर थापा र बामपन्थी महिला सदस्य थुम कुमारी थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा अभियानको बारेमा राष्ट्रिय जनमोर्चाका विष्णु कॅडेलले अवधारणा प्रस्तुत गरेकी थिईन भनें नवनिर्वाचित समितिलाई नेकपा माओवादी केन्द्र गल्कोट नगरपालिका ७ का अध्यक्ष छुम बहादुर थापा, संयुक्त महिला बाम गठबन्धन नगर सदस्य छम कुमारी बस्नेत, महिला बाम गठबन्धन वडा नं २ का अध्यक्ष दुर्गा कुमारी थापा, सचिव कुमारी कार्कीले बधाई दिएका थिए ।

भेला नेकपा माओवादी केन्द्रका मिना दर्जीको अध्यक्षता, बामपन्थी महिला सदस्य रेवती थापाको स्वागत र संयुक्त महिला बाम गठबन्धन गलकोट नगर कमिटि सचिव सरस्वती कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्मरणीय छ, गल्कोट नगरपालिकाको वडा नं १, २, ३ र ४ मा पनि बामपन्थी महिला संगठनको कार्यसमिति गठन भैसकेको छ । गत चैत १३ गते देखी सुरु भएको अभियान जारी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *