भव्य सांगीतिक कार्यक्रमका बीच बागलुङ समाज कतारको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल चयन

तेजेन्द्र गैरे, दोहा कतार २०७४ चैत १९ । “बागलुङवासीको चाहना स्वदेशमा समृद्धिको कामना“ भन्ने मुल नाराका साथ बागलुङ सेवा समाज दोहा कतारले दशौ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

३० मार्चका दिन गल्फ होराईजन होटेलको सभा हलमा सम्पन्न गरेको दशौ अधिवेशनबाट सागर पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

समितिको पथम्र उपाध्यक्षमा नगेन्द्र बहादुर पौडेल, व्दितिय उपाध्यक्षमा छम परीयार, सचिवमा टिका कार्की, सह सचिवमा बाबुराम गैरे, कोषाध्यक्षमा सन्तोष पौडेल, सह कोषाध्यक्षमा सत्विकी प्रताप सिह, सदस्यहरुमा घनश्याम तिवारी, उमानन्द शर्मा ,दीपक सेन्चुरी, टेक रसायली, तिल बहादुर खत्री र बाकी सदस्य कार्य समितिको बैठकले चयन गर्ने बताईएको छ ।

दीप प्रज्वलन, व्यानर अनावरण र नेपाली राष्ट्रिय गानबाट सुरु भएको अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रममा समाजका अध्यक्ष चन्द्रकान्त शर्माको सभापतित्व तथा नेपाली राजदुतावास दोहा कतारका नियोग उपप्रमुख मणीरत्न शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले दुतावासले कतारमा कार्यरत श्रमीकहरुको सुबिधाको लागी दुतावासको आधिकारिक फेसबुक पेज र दूतावासका केहि कर्मचारी हरुको मोबाइलमा आफुमा परेका समस्याहरुको उजुरी गर्न सकिने व्यवस्था गरेको जनाउदै समस्याको प्रकृति हेरी तत्काल उद्दार गर्न सकिने जानकारी गराए ।

साथै आगामी महिनाको १२, १३ र १४ का दिन एम आई ए पार्कमा नेपाल सहित सार्क राष्ट्रहरुको संयुक्त आयोजनामा कला सस्कृतिक र खाना महत्सवको सम्पन्न गर्न लागेको पनि जानकारी गराएका थिए ।

शर्माले कार्यक्रमको बारेमा कतारमा हुने अरु कार्यक्रम भन्दा आजको कार्यक्रम भिन्न खालको रहेको कुरा राख्दै अब कार्यक्रमहरु गर्दा यस्तै खालका समिश्रण नेपाली कला सस्कृतिहरु रहने गरी गर्नु पर्ने बताए ।

स्थानिय कलाकार र नेपालबाट आमन्त्रित कलकारहरुको प्रस्तुतिको प्रशंसा गर्दै कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न भएको भन्दै आयोजकलाई धन्यवाद पनि दिए ।

सरिता थापाको “डाफे जस्तै नाँची हिमाल जस्तै हासी“ भन्ने गीतमा रहेको स्वागत नृत्य सँगै सुरु भएको सांगीतिक माहौलमा सहजिकरण (सञ्चालन) समाजका सल्लाहकार छम परियारले गरेका थिए ।

कतारका स्थानिय कलाकार दिपक सेन्चुरी, शरद पाण्डे, घनश्याम तिवारी र युबराज छ्न्त्यालको लोक गीत प्रस्तुति रहेको थियो भने टेक रसायलीको समुहले सामुहिक नृत्य र जेनिभर को एकल नृत्य रहेको थियो ।

लोक गायक तथा संचारकर्मी खगेन्द्र बि कले सुरुवातमा नै आमा तिम्रो फाटेको सारी बोलको गीतबाट सबैलाई भाबुक बनाउदै अन्त्यमा आँखै गाजलु बोलको गीत र बागलुङ जिल्लाको बोलको गीतबाट सबैलाई नाच्न बाध्य बनाएका थिए ।

त्यस्तै लोक दोहोरी गायिका शान्तिश्री परियारले परदेसिएका युवा युवतीहरुको प्रदेशमा घट्ने गरेका घटनाहरुलाई मुटु चसक्क छुने गरि गीत मार्फत सुनाएकी थिईन । परियारले गाईलाई दाम्लो, परेली झिम्कायौ, हासिहासी बोल मायाले, सालघारीमा सिसौ र मायामा राजनीती भयो भन्ने बोलको गीत गाउदै सबैलाई नचाएकी थिईन ।

कार्यक्रमका मुख्य आकर्षणको रुपमा रहेका बहु चर्चित लोक दोहोरी गायक वशन्त थापाले उनका बहु चर्चित लोक गीत डाँडा फुर्के सल्लो, बागलुङ बजारमा, वारि घुम्टे पारी गाजा,आज संगै कहाँ हो कहाँ भोलि, उही खोलीमा पानी उही खोलीमा माछा वोलका गीत गएर उपस्थित सबैलाई नचाउनुको साथ साथै कार्यक्रमको अन्त्यमा छिनको छिनमा बोलको लाईभ दोहोरी गीतमा केहि बेर देविका के सी, शान्तिश्री परियार र वशन्त थापा, युवराज छन्त्याल, खगेन्द्र बि क बीच एकछिन घम्साघम्सी दोहोरी पनि चलेको थियो ।

समापान कार्यक्रममा बोल्दै चन्द्रकान्त शर्माले कार्यक्रम सफल गराउनको लागी नेपाली राजदुतावास कतार ,कलाकार, सक्रिय संघ संस्था, पत्रकार र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक सेवा गर्दा जात, धर्म, लिंग र वर्ण भन्दा माथि उठेर गर्नु पर्ने बताउदै २ वर्षे कार्यकालको अवधि भर समिति भित्र र बाहिर रहेर सहायोग गर्नु हुने सबैलाई धन्यवाद दिएका थिए ।

३०० सय भन्दा बढी दर्शक र ५० भन्दा बढी संघ संस्थाको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समाजका प्रथम उपाध्यक्ष सागर पौडेलले गरेका थिए भने व्दितिय उपाध्यक्ष नगेन्द्र बहादुर पौडेलको स्वागत मन्तव्य रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *