Menu

यी,यी कारणले पो, ढोरपाटनमा नेपाल टेलिकमको टावरले काम गर्दो रहेन छ … !

बागलुङ २०७४ चैत १९ । केहि दिन देखी नेपालकै एकमात्र शिकार आरक्ष कार्यालय रहेको पर्यटकीय क्षेत्र ढोरपाटनमा टेलिफोन सम्पर्क बिच्छेद छ । ढोरपाटनबासीलाई ढोर देउराली वा त्यस भन्दा माथिल्लो भागमा उक्लिएर मात्र कहिँ कतै फोन सम्पर्क गर्नुपर्ने बाध्यता छ ।

केहि समय पहिले ढोरपाटनमा रहेको नेपाल टेलिकमको टावर स्याटलाईट सिस्टमबाट चल्थ्यो । दिउँसो घाम लागेको बेला सिस्टमले काम नगर्ने र सूर्यास्त भएपछी काम गर्ने गर्दा स्थानीयले सूर्यास्त भएपछीमात्र टेलिफोन सम्पर्क गर्न पाउथे । त्यसमा सुधार गरेर नेपाल टेलिकमले अर्को व्यवस्था गरेपनि गत एक हप्ता देखी टेलिफोन सम्पर्क बिच्छेद भएको हो ।

ढोरपाटनमा टेलिफोन सम्पर्क हुँदैन के भै रहेको छ ? भनेर ईबागलुङले नेपाल टेलिकम बागलुङका प्रमुख ईन्जिनियर केशव शर्मासंग जिज्ञासा राख्दा ‘हामीले गर्ने काम गरिरहेका छौँ, भन्दैमा कसरी हुन्छ ? भन्ने प्रतिप्रश्न आयो ।

शिकारको सिजन छ, बुर्तिवाङमा ढोरपाटन महोत्सव हुँदैछ, आन्तरिक एवं बाह्य पर्यटकहरु ढोरपाटन गैरहेका छन् टेलिफोन सेवा अवरुद्ध हुँदा समस्या पर्न सक्छ सकभर चाँडै सन्चालनमा ल्याए राम्रो हुन्थ्यो कि ? भन्ने प्रश्नमा प्रमुख शर्माले, ‘हामीले गर्ने प्रयास गरिरहेका छौँ, कसैले भनेरमात्र गर्ने होईन, हामीले के के काम गरिहेका छौँ त्यहिका जनतालाई थाहा छ, सेनालाई थाहा छ, त्यस वडाका अध्यक्षलाई थाहा छ, ढोरपाटनका मेयरलाई थाहा छ, भन्दैमा कहाँ हुन्छ ? मन्त्रीले भनेपनि हुन्न ।’

हामीले पनि थाहा पाउन पाए हुन्थ्यो कि किन टेलिफोन सम्पर्क हुन्न ?

प्रमुख शर्माका अनुसार, ढोरपाटनमा बिद्युत आपुर्ति बन्द भएपछी टावरले काम नगरेर टेलिफोन सम्पर्क हुन नसकेको हो । कुलो मरमत पछी बिद्युत आपुर्ति भएको खबर प्राप्त गरेपछी कार्यालयबाट कर्मचारी पठाई हेर्दा रिसिभर जलेको पाईएकोले त्यो रिसिभर मर्मत गर्न काठमाडौ पठाईएको छ । आज बिमानबाट रिसिभर पोखरा ल्याउने कुरा छ, पोखराबाट बागलुङ ल्याएर तुरुन्तै ढोरपाटन पठाउने प्रयासमा कार्यालय छ । त्यहाँको बिद्युत आपुर्तिपनि ठीक छैन भोल्टेज अपडाउन हुन्छ ।’

ढोर देउरालीमा टेलिकमले टावर राखेत टेलिफोनमा अबरोध आउने थिएन कि ?

‘देउराली शिकार आरक्ष भित्र पर्छ । आरक्षले उसको क्षेत्रमा टावर बनाउन दिँदैन, बल्लबल्ल देउराली देखी एक डेढ घण्टामाथि सानो ठाउँ दिएको छ र त्यहाँ टावर निर्माण कार्य सुरु गरेका छौँ,’ प्रमुख शर्माले भने, त्यहाँपनि अहिले नै यति बेला बन्छ भन्न सकिन्न, केहि समय लाग्छ, हामी बनाउन लागि परेका छौँ । ढोरपाटनमा बिद्युत आपुर्ति अनियमित हुँदा २ दिन सम्म त ब्याकअपले धान्छ त्यसपछी त विजुली चाहिन्छ नै । बिद्युतको बिकल्प आवश्यक छ ।’

‘म यहि जिल्लाको भएकाले पनि ढोरपाटनमा टेलिकमको सेवा राम्रो होस भन्ने चाहाना छ, प्रमुख शर्माले भने, यहाँहरु कसैले नभनेपनि म मेरो काम गरिरहेको छु ।’

ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली संग, टेलिकमका हाकिम साहेबले मैले कति काम गरेको छु ढोरपाटनका मेयरलाई सोध्नुस ? भन्नु हुन्छ नि भनेर जिज्ञासा राख्दा नेपालीले भने, राम्रै गर्नु भएको छ, नगरपालिकाले पनि टेलिकमलाई सहयोग दिँदै आएको छ ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *