काँग्रेसले जितेका बानपाका १३ र १४ नं वडाहरुमा जथाभावी मोटरबाटो खन्दा जनताको उठ्ठिबास !

बागलुङ २०७४ चैत १९ । बागलुङ नगरपालिकाको वडा नं १३ साबिक पैयुँपाटा गाविस तथा वडा नं १४ साबिक नारायणस्थान गाविसका जनता नगरपालिकाले जथाभावी मोटरबाटो खनेर उठ्विास गराउन तम्सिएपछी रुवाबासीमा छन् ।

बागलुङ नगरपालिकाका ३ ओटा वडाहरुमा नेपाली काँग्रेसले जितेको छ । ती तीन वडाहरु मध्य वडा नं १३ साबिक पैयुँपाटा गाविस र वडा नं १४ साविक नारायणस्थान गाविसबाट नेपाली काँग्रेसका वडाध्यक्षहरु क्रमश नारायण शर्मा पौडेल र चक्रबहादुर खत्री चुनिएका छन् ।

पैयुँपाटामा स्थानीयको उठ्ठिबास हुने गरी मोटरबाटो खन्नलाग्दा बिरोधमा उत्रिएका जनता ।

यिनै दुई वडाहरुमा नगरपालिकाले तोकेको मापदण्ड भन्दै माटरबाटो नाप्दै खन्दै गरेपछी पैयुँपाटा र नारायणस्थानवासी आतंकित बनेका हुन् ।स्थानीयवासीको व्यापक बिरोधका बावजूद पनि नगरपालिकाको निर्णय भन्दै स्थानीयको घरबारी स्वाहा पारेर अचाक्ली गर्न थालेको स्थानीयको आरोप छ । बिना गुरुयोजना मनपरीले बाटो खन्दा सयौँ सर्वसाधारण जनताको घरबार नै सकिने भएपछी आफ्नो सम्पतिको रक्षा र नगरपालिकाको ज्यादतिका बिरुद्ध न्यायालयको शरणमा पुगेका छन् ।

केहि दिन अघी बागलुङ नगरपालिका १३ साबिक पैयुँपाटा गाविसमा नगरपालिकाको मापदण्ड भन्दै घरहरु भत्काउदै मोटरबाटो खन्न सुरु गरेपछी स्थानीयले बिरोध गरेका थिए । तर नगरपालिकाले स्थानीयवासीको मर्कालाई नबुझेर बलाँत बाटो खन्न थालेपछी पैयुँपाटाका पीडित अमरबहादुर खत्री लगायत दर्जनौ व्यक्तिले उच्च अदालतमा उजुरी दिएपछी मोटरबाटो खन्ने काम रोकिएका छ भने वडा नं १४ नारायणस्थानका पीडित महिला इन्दिरा देवी शर्माले उच्च अदालतमा उजुरी दिएको बुझिएको छ भने उठ्ठीबास हुन लागेका दर्जनौँ स्थानीयहरु अदालतको शरणमा जाने तरखरमा लागेका छन् ।

उता अदालतको आदेशले वडा १३ पैयुँपाटामा मोटरबाटो खन्ने काम रोकिएको भएपनि वडा नं १४ नारायणस्थान मोटरबाटोको ज्यादति थामिएको छैन । वडानं १४ का जनताको घरदैलो नै मोटरबाटोले खाने भएपछी रुवाबासीमा छन् । वडाध्यक्ष चक्रबहादुर खत्रीले नगरप्रमुखको हस्ताक्षर भएको पत्र देखाउदै धमाधम मोटरबाटो डोजर लगाएर खन्ने कार्य नरोकेपछी स्थानीय चर्को बिरोधमा उत्रेका छन् । वडाबासीहरु, कस्ता व्यक्तिलाई चुनिएछ भनेर पछुताएका छन् ।

बागलुङ नगरपालिकाका १, २, ३ (बागलुङ बजार) र आसपासका वडाहरुमा नगरपालिकाबाट नक्शापास नगरी जथाभावी भवनहरु बनाउन छुट दिने नगरपालिकाका प्रमुख उपप्रमुख एवं पशासकहरुले प्रतिशोधकै लागि गलत मापदण्ड बनाएर पैयुँपाटा र नारायणस्थानका जनताका घरबासै उठ्ने गरी मोटरबाटो खनिदा स्थानीयहरुको बिचल्ली भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *