पाण्डबखानी पूर्ण खोप वडा घोषित

सुरेश छन्त्याल गल्कोट २०७४ चैत १८ । गल्कोट नगरपालिका १० पाण्डबखानी आज देखि पुर्ण खोप वडा घोषणा भएको छ। गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले आज पूर्ण खोप वडा घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रम तिलक घर्ती मगरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम स्वास्थ्य चौकीकी अनमि हेमा श्रीसको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।

घोषणा सभामा समाजसेवी मानसिह छन्त्याल, धनबहादुर सुनार र विभिन्न तहका व्याक्तिहरुको सहागिता रहेको तियो ।

स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागीता पुर्ण खोप हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ जनसमुहले स्वास्थ्य चौकी देखि गैराभाटी परिक्रमा गरेको थियो। कार्यक्रमको संञ्चालन आसा श्रीसले गरेकी थिईन ।

यसैवीच गल्कोट नगरपालिका १० स्थित पाण्डबखानी माध्यमिक विद्यालायले नगर प्रमुख गैरेलाई स्वागत गरेकोछ। पूर्ण खोप वडा घोषणा कार्यक्रममा आएको अवसरमा विद्यालायले स्वागत कार्यक्रम राखेको हो । व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालको अध्यक्षतामा स्वागत कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती, पत्रकार सुरेश वडा सदस्य धनबहादुर सुनार,राम प्रासाद विक, छन्त्याल,शिक्षक शिक्षिका लगाएतको उपस्थिति रहेको थियो।
त्यस्तै नगर प्रमुख शर्मा र वडा अध्यक्ष तिलक घर्ती मगरले मल्म पाण्डबखानी खण्ड ख अन्तरगत पाण्डबखानीमा मर्मत हुन लागेको बाटोको पनि अनुगमन गरेक। थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *