Menu

गल्कोट नगरपालिका वडा नं. ३ का वडासचिव पौड्याललाई विदाई

कौरव खत्री गल्कोट २०७४ चैत १८ । गल्कोट नगरपालिका वडा नं ३का सचिव कुलराज पौड्याललाई वडाव्दारा विदाई गरिएको छ ।

२०७० साल चैत्रमा गल्कोट आएका सचिव पौड्याल हाल लेखनाथ महानगरपालिकामा सरुवा भएकाले वडा अध्यक्ष वीरजंग भण्डारीले सचिव पौड्याललाई दोसल्ला र फुलमाला र सम्मान पत्रले सम्मान सहित विदाई गरेका थिए ।

विदाई कार्यक्रममा बोल्दै वडाअध्यक्ष भण्डारीले गल्कोटमा रहेर वडा सचिवले निरन्तर आफ्नो कार्यमा सक्रियताका साथ सहयोग गनुभएकोले भावी दिनमा पनि राम्रो काम गरेर अगाडी बढ्न शुभकामना दिए ।

साथै सोही अवसरमा वडा सचिव पौड्यालले वडामा रहदा आफ्नो लागि सधै सबैको साथ सहयोगले काम गर्न निकै सहज भएकोले आफ्ना लागि चार बर्ष समय वितेको भर्खर जस्तै लागेकोले वडाले युवा योग्य र सक्षम वडाअध्यक्ष पाएकोले वडाका हरेका कामकाजहरु आगामी दिनमा अझ प्रभावकारी र विकासले गति लिनेमा आफू विश्वस्त रहेको बताए ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपाध्यक्ष राम बहादुर खत्री, गल्कोट नमुना विद्यालयका प्राचार्य देवेन्द्र खत्री, नेपाल पत्रकार महासंघ गुल्मीका जिल्ला सदस्य पत्रकार कौरव खत्री वडा सदस्यहरु बेल बहादुर बोहोरा,रत्ना अधिकारी,झर बहादुर खत्री लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रम वडासदस्य झर बहादुर खत्रीले सन्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *