Menu

पौँदी सेभ सोसाइटी व्दारा मृगौला पीडित जिसीलाई आर्थिक सहयोग

कौरव खत्री, काठमाडौ २०७४ चैत १८ । बागलुङका एक मृगौला पीडित व्यक्तिलाई एक संस्थाले आर्थिक सहयोग गरेको छ ।

गुल्मीको पौदी सेभ सोसाइटी काठमाडौ नामक संस्थामा अध्यक्ष सन्तोष गिरी एवं कोषाध्यक्ष सूर्य बहादुर खातीले संयुक्त रुपमा मृगौला पीडित बागलुङ जिल्ला बडीगाड गाँउपालिका वडा नं.५ खौलारा निवासी तिल बहादुर जिसीलाई नगद रु.१ लाख, ३८ हजार आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सोसाइटीले शनिबार काठमाडौमा एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको सोसाइटीका कोषाध्यक्ष खातीले जानकारी दिए ।
मृगौला पीडित जिसीको सहयोगार्थका लागि स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीहरुबाट नगद आर्थिक सहयोग जुटाएर जिसीलाईको स्वास्थ्य उपचारमा थप सहज बनाउन सहयोग गरेको सोसाइटीका कोषाध्यक्ष खातीले बताए ।

केही बर्ष अगाडी देखि उक्क्त संस्थाले प्राकृतिक प्रकोप तथा दुखी, गरिव र विरामीहरुका लागि पिडितहरुका लागि आर्थिक सहयोग गर्दै आइरहेका छ ।
जिसीका दुबै मृगौला फेल भएपछि काठमाडौको ग्राण्डी हस्पिटलमा उपचार गराउदै आएका छन् ।

सो अवसरमा जिसीले भने आफ्नो स्वास्थ्य उपचारमा सरकारको तर्फबाट उचित उपचारको व्यवस्था मिलाईदिने हो भने उपचारमा सहज हुने भन्दै आफ्नोे स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *