Menu

ताराखोला गाउपालिकाको कृषक टोली अन्तर जिल्ला कृषक भ्रमणमा

पूर्णभद्र निउरे, बागलुङ २०७४ चैत १८ । ताराखोला गाउपालिकाको एक कृषक टोली ४ दिने अन्तर जिल्ला कृषक भ्रमणका लागि आज प्रस्थान गरेको छ । विभिन्न जिल्लाका निजी तथा नेपाल सरकारका कृषि अनुसन्धान केन्द्र, मत्स्य अनुसन्धान केन्द्र, पशु बिकास फर्म साथै नमुना ब्याबसायिक फर्महरुको अबलोकन गरि ज्ञान अनुभव सिकेर ताराखोला गाउपालिकामा अबलम्बन गर्ने उदेश्यले ताराखोला गाउपालिकाको पशु तथा कृषि शाखाको आयोजनामा भ्रमणको ब्यबस्थापन गरिएको ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तिले बताए ।

४ दिन सम्म सन्चालन हुने अबलोकन भ्रमणको क्रममा कास्की लुम्लेको कृषि अनुसन्धान केन्द्र, मत्स्य अनुसन्धान केन्द्र बेगनास ताल पोखरा , घाँस बिकास स्रोत केन्द्र तनहु , गोर्खा जिल्लाको च्याङ्ली गाई फर्म , चितवन र इलाम जिल्लाको अलैंची तथा अदुवा खेती लगायतका स्थानमा पुगेर अबलोकन गर्ने कार्यतालिका रहेको ताराखोला गाउपालिका पशु शाखाका प्रमुख पुष्पराज अधिकारीले जानकारी दिए ।

भ्रमण टोलीमा ताराखोला गाउपालिका भित्र का ५ वटै वडा का कृषि तथा पशुपालन समितीका प्रतिनिधि,अगुवा कृषकहरु, कार्यपालिका सदस्य ,जनप्रतिनिधि तथा कर्मचारी गरि ३८जना रहेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *