पर्यटन ब्यबसायीहरुको बागलुङ र पर्वतको अध्ययन भ्रमण कार्यक्रम सुरु

गल्कोट २०७४ चैत १८ । ट्राभल्स एण्ड टुर्स ब्यबसायीहरुको साझा संस्था नाटाको आयोजनामा पर्यटन ब्यबसायीहरुको बागलुङ र पर्वतको अध्ययन भ्रमण कार्यक्रम सुरु भएको छ ।

नाटा, प्रदेश नम्बर ४ को आयोजना र पर्यटन बोर्डको प्रबर्दनमा उक्त कार्यक्रम सुरु भएको आयोजकले जनाएको छ । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्ष ,उतरगंगा नदी ,गल्कोटको घुम्टे ,सती घाटू नाँच, गल्कोट दरबार ,गाई घाट झरना लगाएतका पर्यटकीय गन्तब्यको प्रवर्दन गर्न अध्यन भ्रमण आयोजना गरिएको सहभागी फरेन्द्र थापाले जानकारी दिए ।

आज चैत १८ गते देखी २१ गते सम्म आयोजित भ्रमणको क्रममा पर्यटकीय गन्तब्यहरुमा नयाँ सम्भाबनाको खोजी गर्ने थापाले जानकारी दिए। १८ गते ढोरपाटन शिकार आरक्ष तर्फ लागेको टोली २० गते गल्कोट आउने र पाण्डवखानिमा घाटु,सोरठीको अवलोकन संगै घुम्टे जाने कार्यक्रम रहेको छ । कुश्माको झोलुङे पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, पञ्चकोट लगाएतका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *