प्रवास : झापाली समाज युएईद्वारा खनाल र अधिकारीलाई बिदाई !

राम प्रसाद ढुंगेल, युएई २०७४ चैत १८ । १, अप्रील, २०१८, । झापाली समाज युएईले आफ्ना जिम्मेवार दुई पदाधिकारीलाई बिदाई गरेको छ । युएईमा रोजगारीका क्रममा रहदा समाजको गतिविधिका साथै संस्थाको चौतर्फी विकासमा योगदान गरेकोमा समाजका केन्द्रीय सचिव छविलाल खनाल र अलएन क्षेत्रीय समितिका सह सचीव धनमाया अधिकारीलाई बिदाई गरिएको हो ।

सचिव खनाललाई अबुधाबी क्षेत्रीय समितिको संयोजनमा र अधिकारीलाई एलएन क्षेत्रीय समितिको संयोजनमा मार्च ३० तारिख शुक्रबार सम्बन्धित क्षेत्रमै छुट्टाछुट्टै कार्यक्रम गरेर बिदाई गरिएको हो ।

झापा धरमपुर स्थायी घर भएका खनाल १० वर्षको युएईको रोजगारीलाई छाडेर आफ्नो अनुभव र क्षमतालाई नेपालमै खर्चने योजना का साथमा आगामी २ अप्रिलमा नेपाल फर्कदै छन् ।

अबुधाबीमा भएको खनालको बिदाई तथा सम्मान कार्यक्रममा खनालको योगदान र व्याक्तित्वको बारेमा केन्द्रीय तथा क्षेत्रीय प्रतिनिधिहरुले बोलेको क्षेत्रीय अध्यक्ष हिमाल अधिकारीले जानकारी दिएका छन् ।

सोहि दिन अलएनमा आयोजित बिदाई कार्यक्रममा अधिकारीको समाजप्रतिको लगाव, क्रियाशीलता र सकारात्मक सहभागिताबारे वक्ताहरुले प्रकाश पारेको नवबियुक्त क्षेत्रीय अध्यक्ष दिपक अधिकारीले प्रचारप्रसार बिभागलाई जानकारी दिएका छन् । दमक स्थायी घर भएकि अधिकारी करिब ५ वर्ष युएईमा रोजगारीका लागि आएकी हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *