Menu

सामाजिक परिचालकको जिल्ला अधिवेशन सम्पन्न : अध्यक्षमा गीता पोखरेल चयन !

कमल पौडेल, बागलुङ गल्कोट २०७४ चैत १७ । सामाजिक परिचालकहरुको साझा संगठन नेपाल सामाजिक परिचालक कर्मचारी संघ बागलुङको प्रथम जिल्ला अधिवेशन गल्कोट हटियामा सम्पन्न भएको छ।

अधिवेशनले गीता पोखरेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ। समितिको उपाध्यक्षमा अनिता कँडेल, सचिवमा भूपाल हितान, सहसचिवमा जगमाया विक, कोषाध्यक्षमा सिर्जना थापा लगाएत रहेक छन्।

कार्यक्रममा केन्द्रिय सदस्य तेज प्रसाद शर्माले सामाजिक परिचालकहरुले सामाजिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै राज्यले नहेप्न चेतावनी दिँदै सामाजिक परिचालकहरुको आन्दोलनले केहि सार्थकता पाएपनि अझै नसकिएको र थप संगठित हुँदै जानु पर्ने बताए ।

कार्यक्रममा प्रदेश ४ का संयोजक पिताम्वर नेपाली, सामाजिक परिचालक गीता पोखरेल लगाएतले वोलेका थिए।

जिल्ला भरका सामाजिक परिचालकहरुको सहभागिता रहेको कार्यक्रम तदर्थ समितिका अध्यक्ष विष्णु गौतमको अध्यक्षता, भूपाल हितानको स्वागत मन्तव्य, तथा अनिता कँडेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *