Menu

ताराखोला गाउँपालिकामा अलैंची खेती सम्बन्धी २ दिने तालिम सम्पन्न

पूर्णभद्र निउरे, बागलुङ २०७४ चैत १७ । ताराखोला गाउपालिकाको आर्थिक सहयोग तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत नब सृजनशिल अलैंची खेती सन्चालन समितिको आयोजनामा संचालित २ दिने अलैंची खेती सम्बन्धि तालिम आज सम्पन्न भएको छ ।

तालीमको समापन कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले तालिममा सिकेका सीपलाई ब्याबहारमा उतार्दै व्यावसायिक अलैंची खेतीमा लाग्न सहभागीलाई अनुरोध गरेका थिए ।

अलैंची खेती गर्ने प्रबिधिका बारेमा सैद्धान्तिक तथा ब्यबहारिक ज्ञान दिलाउने उदेश्यले आयोजना गरिएको उक्त तालिममा ताराखोला गाउपालिका वडा न ३ र ४ का २७ जना अगुवा कृषक हरुको सहभागिता रहेको कृषि शाखा प्रमुख गोबिन्द थकुल्लाले बताए ।

तालिमको सहजीकरण एभरेष्ट कृषि कन्सन्टेन्सी एण्ड ट्रेडिङ प्रा लिका अलैंची प्राबिधिक पारसमणी काफ्ले, मदन कुमार तामाङ र ताराखोला गाउपालिका कृषि शाखा प्रमुख गोबिन्द थकुल्लाले गेरका थिए ।

अलैंची खेतीका लागि पकेट क्षेत्र घोषणा गरिएकोको ताराखोला गाउपालिका को वडा न १ र २ का ३७ जना अगुवा कृषकलाइ यस अघि नै तालिम दिई सकेको कृषि शाखाले जनाएको छ । तालिम समापन कार्यक्रम नबसृजनशिल अलैंची खेती संचालन समितिका अध्यक्ष गजिन्द्र घर्तीको अध्यक्षता र कृषि शाखा प्रमुख गोबिन्द थकुल्ला को संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *