प्रवास : बहराईनमा बागलुङ सेवा समाजको चैतदशैँ बनभोज कार्यक्रम सम्पन्न !

भोव कुवँर, बहराईन २०७४ चैत १७ । बिकासशीलता सिर्जनशीलता बागलुङको आवश्यकता सभ्य र सम्बृद्ध समाज निर्माण हाम्रो एक्यवद्धता भन्ने मुल नाराका साथ खाडी मुलुक बहराईनमा स्थापना गरिएको बागलुङ सेवा समाज बहराईनले चैतदशैँको महान अवसरमा आयोजना गरेको बनभोज कार्यक्रम हिँलो मार्च ३० तारीखमा सम्पन्न भएको छ ।

बागलुङ सेवा समाज बहराईनका अध्यक्ष ओम पुनको अध्यक्षतामा भएको बनभोज कार्यक्रममा मगर संघ बहराईन शाखाका अध्यक्ष एवं संस्थाका आस जीत घर्तीमगरको प्रमुख आतिथ्यता एवं थुप्रै बागलुङवासीको सहभागिता रहेको थियो ।

बागलुङवासीहरुलाई एकताको सुत्रमा आवद्ध गर्ने उद्देश्यले आयोजना गरिएको यस बनभोज कार्यक्रममा प्रमुख अतिथी घर्तीले यस प्रकारका कार्यक्रमले बागलुङवासीमा भाईचाराको विकास हुनुका साथै संस्थालाई अगाडी बढाउन सहयोग मिल्ने बताए । उनले संस्थालाई अगाडी बढाउन सबैले तनमन लगाएर सहयोग गर्न सबैलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष एवं समाजका अध्यक्ष पुनले आगामी दिनहरुमा सबै बागलुङेहरुलाई समेटेर लैजाने बताउदै सामाजिक भावनाले स्थापना भएको हाम्रो बागलुङ सेवा समाजले विदेशमा आपत बिपद पर्दा मानवीय धर्म निभाएर सक्दो सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले दुखमा परेकाहरुलाई समाजले मलहम लगाउने काम गरिरहेको पनि बताए ।

बनभोज कार्यक्रममा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । आजीवन सदस्य तिर्थ घर्तीको स्वागत मन्तव्य रहेको कार्यक्रम महासचिव भोव कुँवरले सन्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *