अर्गल मा बि परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (SEE) सम्पन्न !

पूर्णभद्र निउरे गल्कोट ताराखोला २०७४ चैत १७ । ताराखोला गाउँपालिकाको अर्गल मा बि परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (SEE) आज सम्पन्न भएको छ । ताराखोला गाउपालिका भित्र का ४ सामुदायिक बिद्यालय र १ सस्थागत बिद्यालयका ९४ छात्र र ९३ छात्रा गरि कुल १सय ८७ परिक्षार्थीरहेको मा दुर्गा भवानी माबिका ३ जना बिद्यार्थी अनुपस्थित रहेको र १८४ जना मात्र परिक्षामा सम्मिलित रहेको अर्गल मा बि परिक्षा केन्द्रका केन्द्राध्यक्ष गणेश बहादुर घर्तीले ईबागलुङलाई जानकारी दिए ।

परीक्षामा नेपाल माबि ताराबाट ३८ जना जनप्रेम मा बि अ्मरभुमी भुस्कात बाट २७ जना हरि मा बि हिल बाट ५३ जना दुर्गा भवानी मा बि तारा बाट ६३ जना र ब्राइट लोटस एकेडमी हिल घुस्मेली बाट ६ जना बिद्यार्थी सम्मीलित रहेको सहायक केन्द्राध्यक्ष सूर्य बहादुर घर्तीले बताए । चैत ८ गते देखि संचालित परिक्षा सबै दिन शान्त बाताबरणमा सम्पन्न भएको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *