कुस्मामा दिनदहाडै बालिका अपहरणको प्रयास : भाग्ने क्रममा अपहरणकारीको भीरबाट लडेर मृत्यु !

महेन्द्र केसी पर्वत २०७४ चैत १७ । बागलुङको चैतदशैँ मेला हेरेर फर्किदै गरेका दुई युवतीहरुलाई कुस्मा नगरपालिकाको छमर्केको एक होटेलमा बलात्कारको घटना घटेको दुई दिनमै कुस्मा बजारमा एक बालिकाको अपहरणको प्रयास भएको छ ।

शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरी भाग्दै गर्दा स्थानीयबासीले देखेपछि ती अपरिचित युवक बालिकालाई छोडेर भागेका थिए । भाग्ने क्रममा ती युवकको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

कुस्मा नगरपालिका ४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिया छोरी सुवानी परियारलाई एक अज्ञात व्यक्तिले अपहरण गरेर लैजाँदै गर्दा स्थानीयबासीले देखेर हारगुहार गरेपछि उ भाग्न खोज्दा भीरबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

अपहरणकारी युवाको खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *