Menu

बिद्युत प्राधिकरणका कर्मचारीको लापर्बाहीले एक साथीको ज्यान गयो, हाम्रो यो हालत भयो : घाईते

डम्मर बुढा मगर बागलुङ, २०७४ चैत १७ । शुक्रबार जैमिनी नगरपालिका–४ सर्कुवामा बिजुलीको पोल फेर्ने क्रममा करेन्ट लागेर घाईते भएका ५ जनाको अहिले धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार भईरहेको छ । घाईतेहरुको खुट्टाको पैतला, घुँडा र हात जलेको छ । सो घटनामा जैमिनी नगरपालिका विनामारेका चन्द्रबहादुर थापा क्षेत्रीको मृत्यु भएको थियो ।

घाईते हुनेमा जैमिनी नगरपालिका ५ का ३४ बर्षका होमनाथ शर्मा, सोही स्थानका ६८ बर्षका धनबहादुर नेपाली, दुर्गा बहादुर परियार, ३४ बर्षका चित्रनाथ उपाध्यय र सोही वडाकै रमेश प्रसाद आचार्य रहेका छन् ।

के कारणले करेन्ट लाग्यो भन्ने ईबागलुङको प्रश्नमा घाईते होमनाथ शर्माले भने हावा हुरी चलेको थियो, पानी परि रहेको थियो हामीले पोल ठडाउने क्रममा अचनाक हामीलाई करेन्ट लाग्यो ।

उनले भने, पोल ठड्याउने स्थान नजिकै हाइटेन्सन लाईन भएको र प्राविधिकले लाईन नकाटी काम गर्न लगाएको शर्माले बताए । प्राविधिक पनि नजिकै रहेको तर उनले पानी परि रहेको समयमा पनि काम रोक्न भनेनन् ।

प्राविधिकले काम सुरु गर्नु भन्दा पहिले लाईन काटेको भए एक साथीको ज्यान जाने थिएन, हाम्रो यो हालत हुने थिएन, घाईतेहरु को भनाई छ । प्राविधिकको चरम लापर्बाहीको कारणले यो घटना भएको उनीहरु बताउँछन् ।

धौलागिरी अन्चल अस्पतालका स्वाथ्यकर्मी शिव कार्कीका अनुसार अहिले उनीहरुको अवस्था सामान्य रहेको छ । चेक जाँच गर्दै जाँदा घाईतेहरुमा केही समस्या देखिदै गएमा थपउपचारका लागि अन्यत्र रिफर गरिने उनले बताए ।

काठको कच्ची पोल रहेको ठाउँमा फलामको पक्की पोल फेर्न लाग्दा पोलले तारमा छोएर करेन्ट लागेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *