Menu

नेपाली काँग्रेसका नेता पूर्व गृहमन्त्री खड्काको निधन

काठमाडौ २०७४ चैत १६ । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । प्रवक्ता शर्माले उनको पार्थिव शरीरलाई नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको कताए ।

स्व खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलाई नयाँ दिल्ली लगिएको थियो । उनको स्वास्थ्य स्थिति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *