Menu

जैमिनी नगरपालिका – ४ सर्कुवामा करेन्ट लागेर एक जनाको मृत्यु, ५ जना घाईते !

सन्ध्या आचार्य, बागलुङ कुस्मीसेरा २०७४ चैत १६ । बागलुङ जिल्लाको दक्षिणीभेगमा अवस्थित जैमिनी नगरपालिका ४ सर्कुवामा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लागेर जैमनी ५ बिनामारेका २४ बर्षिय चन्द्र बहादुर थापा क्षत्रीको मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् ।

करेन्ट लागेर घाइते हुनेमा जैमिनी नगरपालीका ५ का ३४ बर्षका होमनाथ शर्मा, सोही वडाका ६८ बर्षका धन बहादुर नेपाली, दुर्गा बहादुर परियार, ३४ बर्षका चित्रनाथ उपाध्यय र सोही वडाकै रमेश प्रसाद आचार्य रहेका छन ।

काठको कच्ची पोल रहेको ठाउँमा फलामको पक्की पोल राख्दा पोलले तारमा छोएर करेन्ट लागेको कुस्मीसेरा प्रहरी चोकीका इन्चार्ज देवराज बानियाँले जानकारी दिए ।

लाईन नकाटी काम गरेको र काम गर्नेक्रममा नेपाल बिद्युत प्राधिकरण वलेवा शाखाका नारायण भनिने प्राविधिक घटनास्थलबाट केही पर भएका बेला घटना भएको बताइएको छ । घाइतेहरुको बिनामारे स्वास्थ्य चौकीमा उपचार नभएपछी धौलागिरी अन्चल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको अवस्था हातखुट्टा नचल्ने तर बोल्न सक्ने रहेको अस्पतालले जनाएको छ । प्राधिकरणको कर्मचारीलाइ सहयोग गर्नका लागी छिमेकी वडाबाट सो मानिसहरु पोल फेर्नका लागी गएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *