Menu

ससुराली गएका लाम्मेलाका युवक चट्याङका कारण गम्भीर घाईते !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४चैत १६ । तमानखोला गांउपालिका वडा नं ६ नर्जाखानीमा बिहिबार रातिपरेको चड्याङले लाग्दा अन्दाजी २६ बर्षिय नगेन्द्र श्रीपाली गम्भिर घाईते भएका छन् । तमान लाम्मेला घर भएका श्रीपाली हिजो सांझ ससुराली नर्जाखानी हिरामान रसाईलीको घरमा आएर खाना खाई सुतिराखेको अबस्थामा रातको ९ बजेपरेको चट्याङबाट गम्भिर घाईते भएका हुन ।

घरको शौचालयमा परेको चट्याङको छिर्का लागेर उनको दांया शरीरको आधा भाग जलेको छ । घटना लगत्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि घाईते श्रीपालीलाई पोखरा रिफर गरिएको छ ।

चट्याङको छिर्काका कारण हिरामान बिकका परिवारका सदस्य समेत सामान्य घाईते भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *