नवागन्तुक डा.अर्यालको स्वागत स्वास्थ्य क्षेत्रमा लापर्बाही हुन नदिन आपसमा समझदारी जरुरी !

झरना कँडेल, बुर्तिवाङ २०७४ चैत १६ । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा नबआगन्तुक डा. लक्ष्मी अर्याललाई स्वागत गरिएको छ ।

स्वास्थ्य मन्त्रालयबाट करारमा ब्ुार्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतका रुपमा नियुक्त भएकी डाक्टर अर्याललाई ब्ुार्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका संरक्षक तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपाली, उपप्रमुख करमती पुन, स्वास्थ्य चौकीको सञ्चालन समितिका उपाध्यक्ष दधीराम अर्याल, उद्योग बाणीज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्मा, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीबी, समाजसेबी, सञ्चारकर्मी लगायतले नबआगन्तुक डा. अर्याललाई फुल दिएर स्वागत गरेका थिए ।

सो अबसरमा नगरप्रमुख देबकुमार नेपालीले नवआगन्तुक डाक्टरलाई स्वागत गर्दै बिरामीलाई ईन्जेक्सन मात्रै नभई, मुस्कान सहितको सेवा प्रदान गर्न सुझाव दिए । नगरप्रमुख नेपालीले स्वाथ्य क्षेत्रमा रहेर कही कतै लापरबाही हुन नदिन कर्मचारीहरुको आपसमा समझदारी हुनुपर्ने बताए ।

कार्यक्रम बुर्तिवाङ प्राथामिक स्वास्थ्य केन्द्रका सञ्चालन समितीका अध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षता, उत्तरगंगा माध्यमिक बिद्यालयका निमीत्त प्र.अ तथा स्वास्थ्य केन्द्र सञ्चालन समितिका सदस्य ईश्वरी प्रसाद पौडेलको स्वागत मन्तब्य तथा ब्ुार्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रका सिनियर हेल्थ असीस्टेन्ट ऋतुबर्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *