ढोरपाटन नगरपालिकाव्दारा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत !

झरना कँडेल, बुर्तिवाङ २०७४ चैत १६ । ढोरपाटन नगरपालिकाले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान तथा स्वागत गरेको छ ।
सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे यही चैत ६ गतेको निर्णय बमोजिम बागलुङ नगरपालिकामा नगरशिक्षा अधिकृतका रुपमा कार्यरत धनप्रसाद पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त प्रमुख पशासकीय अधिकृत पोखरेललाई आज एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा नगरप्रमुख देबकुमार नेपालीले प्रमुख कार्यकारी अधिकृत पोखरेलको सफल कार्यकालको शुभकामना दिँदै नगरपालिकाको समृद्धीका लागी जनप्रतिनीधी र कर्मचारीको घनिष्ट सम्बन्ध हुनुपर्ने बताए ।

सो अवसरमा पोखरेलले नगरपालिकालाई समृद्ध बनाउन आफुले आफ्नो स्थानबाट सक्दो पहल गर्ने बताउर्दै जुनसुकै राजनीतिक पृष्ठभुमीबाट आएपनि सबैको एकमत हुनुपर्ने बताउदै कार्यपालिकाको र्दिेनशन अनुसार कार्यपालिकाकै मिल्ेमतोमा पर्यटकीय देखी लिएर शिक्षा क्षेत्रलाई माथी उठाउन आफु प्रतिबद्ध रहने बताए ।

ढोरपाटन नगरपालीकाका नगरप्रमुख देब कुमार नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख करमति पुन मगर, वडा नं १ का अध्यक्ष चित्रबहादुर भण्डारी , वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्तिमगर, वडा नं ६ का अध्यक्ष जीवन कुमार पुन , ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापा , ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नीरीक्षक कृष्ण राना , मालपोत कार्यालय बुर्तिबाङका प्रमुख नारायण घर्ती, उत्तरगंगा माध्यमिक बिद्यालयका श्रोत ब्यक्ती हरीचन पाण्डे लगायत अन्य सरकारी तथा गैरसरकारी संस्था बैकं तथा बित्तीय सस्थाका प्रमुख तथा प्रतिनीधी स्थानीय समाजसेबी पत्रकार लगायतले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन योजना बिभागका प्रमुख चण्डीराज पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *