Menu

मोटर बाटो निर्माणले बडीगाडका ४ सय घर धुरीमा पानीको हाहाकार

बिमल खड्का बागलुङ २०७४ चैत १६ । मोटर बाटो निर्माणले बाडीगाड गाउपालिकाका ४ सय घर धुरिमा २ दिन देखि पानीको हाहाकार छ । बडीगाड गाउपालिका वडा न ६ र ७ का स्थानीय बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको आपुर्ति बन्द हुँदा पानीको हाहाकार भएको हो । बडीगाडको गाँव माझखर्क असारे हुँदै सैरेनी जोड्ने मोटर बाटो निर्माण गर्ने त्रmममा खानेपानीको पाईप पुmटेपछि स्थानीयहरुलाई समस्या परेको हो ।

मोटर बाटो निर्माण समितिका सचिव खगेन्द्र बुढाका अनुसार मोटर बाटो निर्माण कार्य तीब्र रुपमा भएकाले केही दिन अझै पानीको आपुर्ति बन्द हुने बताएका छन । पानीको आपुर्ति नहुदा बडिगाड गाउँपालिका वडा न ६ घ्वाङ ७ को डाडागाउ, गैरागाऊ गावँ छाँपका ४ सय घर धुरीमा पानीको यति बेला पानीको चरम अभाव भएको छ ।

गर्मी याम सुरु भएपछि पानीको मुहान पनि सुक्दै गएकाले कुवाको पानी पनि सुकेपछि स्थानीयवासी थप मारमा परेका छन । सस्थानीयहरुले प्रयोग गर्दै आएको पानी बन्द हुदा नुहाउन,कपडा धुन र पशुचौपाया पानी दिनमा समस्या परेको स्थानीयहरुको गुनासो छ। स्थानीय पानी मिस्तिरीका अनुसार भोली खानेपानीको पाईपको व्यवस्था गरि पुटेका ठाउँबाट पानी ल्याउने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *