Menu

६ वर्षिया छोरी वलात्कार गर्ने बाबुलाई २२ वर्ष कैद सजायँको फैसला

प्रेम सुनार, गुल्मी, २०७४ चैत १६ । गुल्मीमा आफ्नै ६ वर्षिया छोरी वलात्कार गर्ने बाबुलाई जिल्ला अदालत गुल्मीले २२ वर्ष कैद सजायँको फैसला गरेको छ ।

२०७४ साल जेठ ९ गते गुल्मीको सत्यवती गाउँपालिका ७ का ३५ वर्षिय प्रेम सार्कीले ६ वर्षिया छोरीलाई वलात्कार गरेको भन्दै बालिकाकी आमाले जाहेरी दिएकी थिईन् ।

सोही मुद्दाको किनारा लगाउदै जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको ईजालासले निजलाई २२ वर्ष कैद सजाएँ र पीडित वालिकालाई २५ हजार क्षतिपुर्ति पीडक वावुबाट दिलाउने फैसला गरेको सो अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

आम वलात्कारीलाई २० वर्ष कैद सजाएँको व्यवस्था छ श्रेस्तेदार बस्यालले भने छोरी जस्तो हाडनातामा वलात्कार भएकोले निजलाई २ वर्ष थप सजाएँ गरी २२ वर्ष तोकिएको हो ।

पछिल्लो चरण गुल्मीमा अर्की ६ वर्षिया वालिका वलात्कार र आफ्नै दाजुले वहिनी वलात्कारको घटनाले देशैभर सनसनी मच्चाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *