पत्रकार महासंघको ६३ औँ स्थापना दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

डम्मर बुढा मगर बागलुङ, २०७४ चैत १६ । नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बजार परिक्रमा सहित मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न हस्तान्तरण गरि मनाएको छ ।

पत्रकारहरुको ¥याली बागलुङ नगरपालिका–२ सिर्जना टोलदेखि सुरु भएर लोकतान्त्रिक चोक, धौलागिरी चोक हुँदै लालिगुराँस चोकमा रहेको मानव सेवा आश्रममा गएर खाद्यान्न हस्तान्तरण गरि समापन भएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी उपाध्यक्ष उषा पौडेलको अध्यक्षता, सह–सचिव सुवास आचार्यको स्वागत र सचिव राम थापा अविरलको संचालनमा समापन भएको थियो ।

कार्यक्रमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष हरिनारायण गौतम, राजेशचन्द्र राजभण्डारी, राम बहादुर जीसी, प्रेस चौतारीका केन्दीय सचिव रामकृष्ण शर्मा र मानव सेवा आश्रम संचालक मनिस रायमाझी लगाएतले मन्तव्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *