Menu

ढोरपाटन महोत्सबको तयारी तीब्र : विभिन्न समिति तथा उपसमिति गठन

झरना कँडेल, बुर्तिवाङ २०७४ चैत १६ । बागलुङ जिल्लाको नीसी, भुजी र तमानखोलाको संगम स्थल बुर्तिबाङ बजारमा आयोजना हुन गैरहेको ढोरपाटन महोत्सव २०७५ कोे तयारी तिब्र पारिएको छ । महोत्सवलाई थप ब्यबस्थित गर्नका निम्ती बिहीबार उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईको सभाहलमा ईकाईका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षतामा बसेको बैठकले ५१ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरेको छ ।

बैठकले अन्य विभिन्न समिति, उपसमितिहरु पनि गठन गरेको छ । गठित समितिहरु मध्य सल्लाहाकार समिति संयोजकमा नगरप्रमुख देवकुमार नेपाली, खेलकुद समिति संयोजकमा घनश्याम शर्मा, सुरक्षा संमिति संयोजकमा जनक थापा आर्थिक समिति संयोजकमा फारम बहादुर महत, मेला अनुगमन समिति संयोजकमा तुल्सीराम अर्याल महिला तथा वालवालिका परिचालन समिति संयोजकमा मन कुमारी गैरे रहेका छन् ।

यस्तै खेलकुद उपसमिति संयोजकमा कृष्ण भण्डारी वयाटमिण्टन खेलका लागी ढालेन्द्र छन्त्याल छेलो तथा रस्साकस्सी उपसमितिमा चिन्तामणी शर्मा पञ्चेवाजा नौमती बाजा उपसमिति संयोजकमा केयरसिङ गुरुङ कृषि प्रदशनी हस्तकला शिल्पकला प्रदशनी उपसमिति संयोजकमा ज्ञानप्रसाद कडेल झाकी प्रदशनीमा केशर छन्त्याल र प्रचारप्रसार संयोजकमा राम सुवेदी, वजार सरसफाई तथा तुल्व्यानर पोष्टर संयोजकमा रितुवर्ण पौडेल ,बिजुली ब्यबस्थापन समिती संयोजकमा फारम बहादुर महत , यातायात ब्यबस्थापन उपसमितीमा चिन्तामणी साप्कोटा , अतिथी सत्कार समितीमा कृष कुमारी आचार्य र पालकिा स्तरीय समन्वय समितीमा देबकुमार नेपाली रहेका छन् ।

महोत्सवमा खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीता, राष्ट्रिय ताराखेल प्रतियोगीता, खुल्ला लोकदोहोरीगीत प्रतियोगीता, ४ नं. प्रदेश स्तरीय मेन्स डवल्स व्याडमिन्टन प्रतियोगीता, खुल्ला पञ्चेवाजा प्रतियोगीता, राष्ट्रिय सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनशीप, महिला÷पुरुष छेलो प्रतियोगीता, खुल्ला माध्यमिक तह स्तरीय वत्तित्वकला प्रतियोगीता, खुल्ला हाजिीजवाफ प्रतियोगीता, खुल्ला रस्साकस्सा प्रतियोगीता र खुल्ला कविता प्रतियोगीताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा प्रवर्धक, मुख्य प्रायोजक, सह प्रायोजक, तथा विभिन्न प्रायोजकहरु सहयोगी संस्थाका रुपमा रहने भएका छन् । महोत्सव सञ्चालनका लागि ६० लाख खर्च लाग्ने स्टेमेट तय गरिएको सचिवालय समितिले बताएको छ ।

बैशाख १ गते देखी ७ गते सम्म सञ्चालन हुने महोत्सव को समुद्घाटनका लागी प्रमुख अतिथीको रुपमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७५ साल बैशाख १ गते बुर्तिवाङ आउने कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *