Menu

नेपाली कांग्रेसको क्षेत्र नं २ मा प्रशिक्षण कार्यक्रम, चुनाबमा हार हुंदैमा सिद्धान्तले हार नखाने-नेता खतिवडा

छविलाल पाण्डे बुर्तिबाङ २०७४ चैत १५। नेपाली कांग्रेस क्षेत्र नं २ बागलुङले गांउपालिका तथा नगरपालिका स्तरीय प्रशिक्षण कार्यक्रमलाई बिहीबारदेखि अगाडि बढाएको छ । जिल्लाको क्षेत्र नं २ अन्तर्गत तमानखोला, निसीखोला, वडीगाड र ताराखोला गांउपालिका तथा ढोरपाटन नगरपालिका, गल्कोट नगरपालिकामा आफनो प्रशिक्षण मुलक कार्यक्रम सुरु गरिएको क्षेत्रिय सभापती दोर्णकुमार कुवंरले बताए ।

बिहिबार तमानखोला गांउपालिका देखि सुरु गरएको अभियानमा पार्टी संगठन संगै भातृ तथा शुबेच्छुक संघ, पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनीधि लगाएतलाई प्रशिषण दिंदै चुस्त दुरुस्त बन्दै जनताको हितमा काम गर्न र पार्टीको निती, कार्यक्रम अनुसार परिचालीत हुनका निम्ती आग्रह गरिएको थियो ।

सोहि अबसरमा पार्टी मातहत रहेका अगुवा कार्यकर्तालाई थप गतिशीलता, अनुशासित एवम जवाफदेहिता, बन्नुका साथै नेतृत्व बिकासका लागि बिचार र दर्शनव्दारा अगाडि बढ््नका निम्ती प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको बताईएको छ ।

आयोजित कार्यक्रमका अबसरमा नेपाली कांग्रेस क्षेत्र नं २ सभापती दोर्णकुमार कुवंरको अध्यक्षता, ओखल्ढुंगाबाट निर्वाचित पुर्व सांसद एवम नेपाली कांग्रेसका नेता रामहरी खतिवडाको प्रमुख आतिथ्यता रहेको हो । त्यस्तै बिशिष्ठ अतिथीमा नेपाल शिक्षक संघ पूर्वसभापती मोहन ज्ञवाली, डाः राजकुमार राई, सांसद प्रकाश स्नेहीको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी खतिवडाले बोल्दै यतिबेला राष्ट्रबादीका नाममा केपि ओली सरकारले जनताको आंखामा छारो हालेर भोट बटुलेको बताउदै खोक्रो राष्ट्रियता लामो समय नटिक्ने जिकिर गर्दे नेपाली कांग्रेस पार्टीले यसपटकको मतका आधारमा चुनाब हारेपनी सैद्धान्तिक रुपमा बिचलित नभएको बताए ।
त्यस्तै बिशिष्ठ अतिथीका रुपमा रहेका मोहन ज्ञवालीले बोल्दै बामपन्थीले कुरा धेरै काम थोरै गर्ने भएका कारण त्यसको नतिजा आगामी पांचबर्ष भित्र जनताले देखाईदिने बताए । सो अवसरमा डा राजकुमार राई, र सांसद प्रकाश स्नेहीलेपनि मन्तव्य दिएका थिए ।

कार्यक्रममा अतिथीको रुपमा पुर्व सांसद नरबहादुर पुन (निरज),महाधिबेशन प्रतिनीधी सिंहबहादुर राना, जित शेरचन, सागर छन्त्याल, तमानखोला गांउपालिका पार्टी सभापती खगेन्द्रमान पुन, गांउपालीका प्रमुख जोकलाल बुढा, लगाएतको आतिथ्यता रहेको कार्यक्रममा पार्टीको तर्फदेखि स्थानीय तहचुनाबमा निर्वाचित जनप्रतिनीधि, भातृ संगठन, अगुवा कार्यक्रता लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सभापती दोर्णकुमार कुवंरले बोल्दै पार्टीलाई सशतिmकरण तवरले अगाडि बढाउनका निम्ती सबै स्थानीय तहमा संगठनलाई दरिलो बनाउने, सबै कार्यकर्ता देखि नेतृत्व तहमा रहेका जनप्रतिनीधिले बिधि बिधान तथा निती बमोजिम चुस्त दुरुस्त तवरले जनताको मन जित्ने गरी काम गनुपर्नेमा जोड् दिए ।

कार्यक्रम नेपाली कांग्रेस तमानखोला गांउपालीका संयोजक खगेन्द्रमान पुनको स्वागत , भुमिराज सेन्चौरीको सञ्चालनमा सम्पन्न भएको हो । सोहि कार्यक्रम शुक्रबार ढोरपाटन नगरपालीकाकेन्द्र बुर्तिबाङमा हुने भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *