प्रवास: बेल्जियममा चैते दशैं कार्यक्रम : आफनो मौलिक सँस्कृतिलाई जोगाउनु सह्रानीय- राजदूत थापा

दिपेन्द्र केसी, लुभेन बेल्जियम, २०७४ चैत १५ । बागलुड। समाज बेल्जियमको आयोजनाम लुभेनमा गत २६ मार्चका दिन साँस्कृतिक कार्यक्रमका साथ चैते दशैं पर्व मनाइयो ।

बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले प्रमुख अतिथीको आसनबाट उदघाटन गर्दै विदेशमा पनि आफनो मौलिक सँस्कृतिलाई जोगाउनु सह्रानीय भएको बताए ।

उदघाटन कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहाल, एनआरएन केन्द्रीय सचिव जानकी गुरुड।, स्थानीय लुभेन नपाका उपमेयर रुदवानी, लुभेन नपाकी साँस्कृतिक प्रमुख डानीस, एनभीआ पार्टीका लोरिन प्रे, मानार्थ नेपाली काउन्सिलर रोजर द ग्रुनले शुभकामना मन्तव्य दिएको कार्यक्रममा बागलुङको विविध पक्षबारे पोर्चुगल एनआरबाट के।स। नरेन्द्र हमाल, एनआरएनका निवर्तमान अध्यक्ष गँगा गौतम, समाजका पूर्व अध्यक्ष देवेन्द्र शर्मा, इन्द्र क्षेत्री, दीपेन्द्र के।सीले प्रकाश पारेका थिए ।

अध्यक्ष गँगा प्रसाद शर्माको सभापतित्वमा भएको समारोहको सँचालन कार्यक्रम सँयोजक माधव सापकोटा र स्वागत मन्तव्य महासचिव परमानन्द सापकोटाले गरेका थिए ।

सो अवसरमा बागलुड। समाजले स्थापना गर्ने भनिएको परोपकारी कोषको रकम सँकलन कार्यको पनि शुरुवात गरिएको थियो ।

सोही साँझ कलाकार बलराम पुन, शकुन्तला थापा र दुर्गाकाजी शाक्यका साथै स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *